१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बागमतीमा प्रदेशसभा बैठक अघि सर्वदलीय बैठक बस्दै



हेटौडा । बागमती प्रदेशसभा बैठक सञ्चालनका लागि सर्वदलीय बैठक आह्वान गरिएको छ । आइतबारका लागि बोलाइएको प्रदेशसभा बैठक चल्ने अवस्था नदेखे पछि प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक बोलाएका हुन ।

सभामुख पाठकले बोलाएको सर्वदलीय बैठक आइतबार बिहान १० बजे बस्नेछ । सो बैठक प्रदेश सचिवालय भवनमा बोलाइएको छ । गत भदौं १८ गते देखी बैठक बस्न नसकी तीन तीन पटक सारिएको छ ।

उक्त बैठकमा सहमति कायम गरी पुर्वनिर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे देखी प्रदेशसभा बैठक सुचारू गर्ने योजना रहेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गर्दाको समयमा  प्रतिपक्षी दलहरूसँग गरेको सहमति सरकारले कार्यान्वयन नगरे पछि प्रदेशसभा सञ्चालनमा एमाले र राप्रपाले असहमति जाहेर गर्दै आइरहेका छन ।

सो बेला भएको सहमति कार्यान्वयन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएसँगै बैठक प्रभावित बनेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ६ : ४९ बजे

लगानी सम्मेलन : यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै

काठमाडौं । आजदेखि सुरु हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न २०

नेपाल र वेस्ट इन्डिज ए बीचको दोस्रो टी-२० आज

काठमाडौं। नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो

एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै

काठमाडौं । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत

इलाम-२ मा मतगणनाको तयारी, केहीबेर शुरु हुदै

काठमाडौं । इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । 

आजको मौसम : देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक