१९ चैत्र २०८२, बिहिबार | April 3, 2026

विश्वासको मत गुमाएका ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गैरसंवैधानिक : एमीकस क्यूरी वैद्य



काठमाडौं । वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले प्रतिनिधिसभामा विश्वासको मत गुमाएका प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु गैर संवैधानिक भएको बताएका छन् ।

संसद विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता वैद्यलेले संसदले घर जाउ भनेर निर्देशन गरेको प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताए ।

धारा ७६ (३) अनुसारको नियुक्तिमा अदालतले प्रश्न गर्नुपर्ने उल्लेख गर्दै वैद्यले वैशाख २७ मा विश्वासको मत गुमाउँदा प्रधानमन्त्री ओली दलको नेता नै रहेको र दलको नेता परिवर्तन नै नभई त्यहि ब्यक्ति फेरी प्रधानमन्त्रीमा नियुक्त हुन नसक्ने बताए । ‘७६ का उपधारा १ देखि ७ सम्म हेर्दा, ७६ (३) अनुसारका वर्तमान प्रधानमन्त्रीको नियुक्तिको स्रोत के हो भनेर प्रश्न गर्नु पर्छ । त्यो नियुक्तिको व्यवहोरामा उपधारा ३ अनुसार नियुक्त गरियो भनिएको छ,’ उनले भने,- ‘जुन व्यक्तिले विश्वासको मत पाएको छैन, त्यसैलाई फेरि नियुक्ति गर्नु गैरसंवैधानिक हो । अहिलेसम्म उहाँ पदमा बसेको गैरसंवैधानिक हो । २७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो रु त्यो निकास खोज्नु पर्दैन राष्ट्रपतिले ?’

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले आफ्नो राय पेश गर्दै छन् ।

 

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ३ : ४९ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ