१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

राष्ट्रियसभामा १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश



काठमाडौं । राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ ।

राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो ।

संसद सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहाने सांसदहरुका लागि असार २० गते सम्मको समय दिएको थियो ।

राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोज कुमार गिरीले २० गते सम्ममा १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव पेश भएको र बाँकी रहेको ६ वटामा अस्वीकार प्रस्ताव पेश नभएको बताए ।

राष्ट्रिय सभामा पेश भएका अध्यादेशहरु मध्ये बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) अध्यादेश २०७७, संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा(पहिलो संशोधन(अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ मा अस्वीकार प्रस्ताव पेश भएका छन् ।

त्यस्तै, नेपाल नागरिकता(पहिलो संशोधन) अध्यादेश २०७८, सपथ सम्बन्धी अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ मा पनि अस्वीकार प्रस्ताव पेश भएको सचिव गिरीले जानकारी दिए ।

अध्यादेश अस्वीकृत गरियोस भनेर दर्ता गराएका प्रस्तावले आफ्नो प्रस्ताव सभामा पेश गरेपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र त्यसपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने गिरीले बताए ।

अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपश्चात् उक्त प्रस्ताव असफल भएमा अध्यादेश स्वीकार भएको मानिन्छ ।

अधिवेशन प्रारम्भ भएको, पहिलो बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक आएर पारित गरिसकेको प्रमाणिकरणसम्म भइसक्नुपर्ने हाम्रो विधिको व्यवस्था छ ।’

यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि(तेस्रो संशोधन) अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पद्धार्थ(नियमन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८ माथि भने अस्वीकार गर्ने प्रस्ताव पेश भएको छैन ।

प्रमुख प्रतिपक्षी तथा बिपक्षी गठबन्धनका सांसदहरुले अध्यादेश अस्वीकृतको प्रस्ताव दताए गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ०८ बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका