७ आश्विन २०८३, बुधबार | September 23, 2026

राष्ट्रियसभामा १० वटा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश



काठमाडौं । राष्ट्रिय सभामा पेश भएको १६ वटा अध्यादेशमध्ये १० वटामा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश भएको छ ।

राष्ट्रिय सभाको असार १७ गते बसेको पहिलो बैठकमा सरकारले पेश गरेका १६ वटा अध्यादेशहरु मध्य १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव दर्ता भएको हो ।

संसद सचिवालयले अध्यादेशमा अस्वीकार गर्न प्रस्ताव पेश गर्न चाहाने सांसदहरुका लागि असार २० गते सम्मको समय दिएको थियो ।

राष्ट्रिय सभाको विधेयक शाखा प्रमुख तथा विधायन व्यवस्थापन समितिका सचिव मनोज कुमार गिरीले २० गते सम्ममा १० वटा अध्यादेशमा अस्वीकार प्रस्ताव पेश भएको र बाँकी रहेको ६ वटामा अस्वीकार प्रस्ताव पेश नभएको बताए ।

राष्ट्रिय सभामा पेश भएका अध्यादेशहरु मध्ये बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) अध्यादेश २०७७, संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा(पहिलो संशोधन(अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)(पहिलो संशोधन) अध्यादेश २०७८ र रेल्वे अध्यादेश २०७८ मा अस्वीकार प्रस्ताव पेश भएका छन् ।

त्यस्तै, नेपाल नागरिकता(पहिलो संशोधन) अध्यादेश २०७८, सपथ सम्बन्धी अध्यादेश २०७८, आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ मा पनि अस्वीकार प्रस्ताव पेश भएको सचिव गिरीले जानकारी दिए ।

अध्यादेश अस्वीकृत गरियोस भनेर दर्ता गराएका प्रस्तावले आफ्नो प्रस्ताव सभामा पेश गरेपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र त्यसपछि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने गिरीले बताए ।

अध्यादेश अस्वीकार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेपश्चात् उक्त प्रस्ताव असफल भएमा अध्यादेश स्वीकार भएको मानिन्छ ।

अधिवेशन प्रारम्भ भएको, पहिलो बैठक बसेको ६० दिनभित्र प्रतिस्थापन विधेयक आएर पारित गरिसकेको प्रमाणिकरणसम्म भइसक्नुपर्ने हाम्रो विधिको व्यवस्था छ ।’

यौन हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि(तेस्रो संशोधन) अध्यादेश २०७८, तेजाव तथा अन्य घातक रासायनिक पद्धार्थ(नियमन) अध्यादेश २०७८, कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी(पहिलो संशोधन) अध्यादेश २०७८ माथि भने अस्वीकार गर्ने प्रस्ताव पेश भएको छैन ।

प्रमुख प्रतिपक्षी तथा बिपक्षी गठबन्धनका सांसदहरुले अध्यादेश अस्वीकृतको प्रस्ताव दताए गरेका छन् ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ४ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई