१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कार्यान्वयन शुन्य रहेकाे बाँकेमा थपियो असार ३१ सम्म निषेधाज्ञा



नेपालगन्ज । कागजीरुपमा कायम रहेको बाँकेको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै असार ३१ गते सम्मका लागि लम्ब्याईएको छ । कहिँ कतै कार्यान्वयन नदेखिएको निषधाज्ञालाई जिल्ला प्रशासन कार्यालय बाँकेले असार ३१ गते मध्यराती सम्मका लागि लम्ब्याएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जारी गरेको निषधाज्ञा आदेशमा आजबाट सावैजानिक सवारी साधनहरु पनि निर्वाध चल्न पाउने उल्लेख गरिएको छ । गत असार १५ गतेबाट जोर बिजोर प्रणाली लागु गर्दै सवारी साधन संचालन गर्न आदेश गरिएपनि बाँकेमा कुनै कार्यान्वयन भएको थिएन । निषेधाज्ञाका अन्य मापदण्डलाई पूर्ववतः कायम राखिएको छ ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपालमै पहिलो (बैशाख ८ बाट नेपालगन्ज र बैशाख १३ बाट बाँके जिल्लाभर) निषेधाज्ञा जारी भएको बाँकेमा बैशाख महिना भरी निषेधाज्ञाको केहि कार्यान्वयन भएपनि त्यस यता निषेधाज्ञाको कुनै प्रभाव देखिएको छैन । संक्रमणको सबै भन्दा बढी जोखिम खेपेको नेपालगन्ज उपमहानगरमा जेठ महिनाको मध्य तिरबाटै होटल रेष्टेरेन्ट देखि चाट पानीपुरीका पसलहरु समेत संचालनमा रहेका छन् ।

प्रशासनको सुचनामा भने कोभिड १९ संकट व्यवस्थापन अध्यादेश देखि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही गर्ने चेतावनी दिईएको छ ।

प्रकाशित मिति : २१ असार २०७८, सोमबार  ५ : ३२ बजे

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर