१ कार्तिक २०८३, आइतबार | October 19, 2026

पेरुलाई १-० गोलले पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश



काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले हराउदै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे । साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १० मा हुने छ ।

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो । यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो ।

समूह ‘बी’ मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो । ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ०९ बजे

जिल्ला स्तरिय फुटबल प्रतियोगिता : उपाधिका लागि न्यू डाँफे र जय किसन भिड्ने

नेपालगन्ज । बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता २०८३ को दोस्रो

सिन्धुली सुमो दुर्घटनाका मृतक, बेपत्ता र घाइतेको पहिचान खुल्यो

खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६

दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

मुस्ताङ । यसपालीको दशैंको अवसरमा मुस्ताङ हुँदै रु ३५ करोड

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर । नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ