५ बैशाख २०८१, बुधबार | April 18, 2024

बुटवल-बेलहिया सडक याेजनाका ठेकेदार प्रशासनको नियन्त्रणमा, १० दिनभित्र काम शुरु गर्न ठेकेदारको कबुलियतनामा



बुटवल । एउटै परियोजना अन्तर्गतको सडकलाई खण्ड छुट्याउँदै शिलान्यास गर्ने गरिएको बुटवल-बेलहिया व्यापारिक सडक योजनाको बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक छ लेन सडक एकवर्ष भित्र सम्पन्न गर्ने भन्दै अभिल्लो वर्ष शिलान्याश गरिएपनि ठेकेदार कम्पनीले शिलान्यस गरेको वर्ष सम्म काम नै शुरु गरेको छैन । एकै परियोजनाको २०७३ मा शिलान्यास भएको सडकलाई खण्ड छुट्याएर अघिल्लो खार्थिक वर्ष (६ महिना पहिले) अर्थ मन्त्री विष्णु पौडेलले पुनः शिलान्यास गरेका थिए । कामको ठेक्का पाएको ठेकेदार कम्पनीको ठेकेदारलाई मञ्चमै उभ्याएर एक वर्षमा काम सक्ने भाषण गर्न लगाईएपनि शिलान्यासको मञ्चबाट झरेदेखिनै कम्पनीले सिन्को भाँचेको छैन ।

२०७३ साल चैत्रमा ठेक्का सम्झौता भएपनि स्थानीयको अवरोध र साईड खाली हुन नसकेको बहानामा काम नगरि बसेको कन्चनजंगा विरुवा जेभिले साईड खाली भएर पुनः शिलान्यास भएको आधा वर्ष बित्दा पनि काम शुरु नै नगरेपछि सिङ्गो बुटवलको मुल सडक खण्डहर जस्तै बनेको छ । पटक पटक अदालती मुद्दाका कारण काम गर्न नपाएको भन्दै म्याद थपाउँदै आएको कन्चनजंगा जेभिले सोही सडक देखाएर करोडौंको निर्माण सामाग्री बेच्ने गरेको स्रोतले दाबी गरेको छ । अदालतबाट मुद्दा किनारा लागिसकेपछि र सरकारी निकायबाट अवरोध हटाएर साईड क्लियर गरेपछि पनि ठेकेदारले काम नथाल्नुका पछाडि स्रोतको दाबी पुष्टि हुने अवस्था देखिएको छ ।

ठेक्का पाएदेखि हाल सम्म ३ पटक म्याद थप भएकोमा अघिल्लो २ पटक अदालतमा मुद्दा बिचाराधिन रहेका कारण भएपनि अदालतबाट मार्ग प्रसस्त भएपछि पनि एक पटक म्याद थप भईसकेको छ । २०७७ माघ १४ गते अर्थमन्त्री पौडेलले बुटवलको राजमार्ग चौराहामा शिलान्यास गर्दा समेत ठेकेदार सुवित श्रेष्ठले मञ्चबाट भाषण गर्दै सोही दिनबाट काम शुरु गर्ने र एक वर्षमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

भाषण गरेर हिँडेपछि बुटवल फर्केर नआएका श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, व्यापारीक मार्ग विस्तार आयोजना, बेलहिया बुटवल सडकका योजना प्रमुख जयलाल मरासीनीले पटक पटक स्पष्टिकरण सोधेका थिए । कञ्चनजंगा जेभीका संचालक श्रेष्ठलाई गत असार १८ गते अर्थमन्त्री पौडेलको दवावमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कार्यालयमा बोलाएर पुनः कागज गराएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले प्रशासनमा झिकाएर श्रेष्ठलाई ८ दिन भित्रमा काम शुरु गर्ने गरि कागज गराएका छन् ।

लगातार प्रतिबद्धता पुरा नगर्ने गरेपछि प्रशासनले प्रशासनिक कारवाही शुरु गरिसकेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तामाङले बताए । प्रशासनको निगरानीमा ८ दिन भित्र काम शुरु गर्ने लिखित कागज गराईएको बताउँदै तामाङले ८ दिनमा पनि काम शुरु नभए मुद्दा चलाएर थुनामा राखिने जानकारी दिए ।

प्रजिअ तामाङका अनुसार कन्चनजंगा जेभीका संचालक सुवित श्रेष्ठ र विरुवा कन्ट्रक्सनका इन्जिनियर प्रविन मिश्र यतिबेला जिल्ला प्रहरी कार्यालय रुपन्देहीको निगरानीमा छन् । प्रहरीकै निगरानीमा कबुल गरेको काम गर्ने गरि प्रशासनले उनीहरुलाई छाडिएको प्रजिअ तामाङले बताए ।

लामो समय विवादित राजमार्ग चौराहा चिडियाखोला सम्मको साढे ३ किलोमिटर सडक निर्माणको लागि सर्वोच्च अदालतले निर्माण कार्य गर्न मार्ग प्रसस्त गरेपछि सरकारले तेस्रो पटक २०७९ असार मासन्तसम्मका लागि म्याद थप गरेको छ ।

विगतमा घर-टहरा नहटेको बहानामा काम नगरेर बसेको ठेकेदारले घर-टहरा हटाएर ठेकेदारलाई पटकपटक मौखिक ताकेदा गर्दापनि काम नगरेपछि कार्यलयले पत्राचार गर्नुपरेको सडक कार्यालयका योजना प्रमुख जयलाल मरासीनीले बताए । ‘सडक बिभागको पत्रलाई लगातार बेवास्ता गरेका ठेकेदार गत १८ गते सीडीओले बोलाएपछि आएर माईन्युट गरेका छन्, अव काम अगाडि बढ्ला ।’ मरासीनीले भने, – ‘अब पनि समयमै काम सकिने गरी ततकाल काम नथाले ठेक्का भंगसम्म गर्ने सम्मको कारवाही हुन्छ ।’

सर्वोच्चले मार्ग प्रसस्त गरेसँगै परियोजना र स्थानीय सरकारको पहलमा ६ महिना अघिनै सडक विस्तारको लागि डोजर समेत प्रयोगगरी सडक किनारका घर-टहरा हटाएपनि ठेकेदारको लापर्वाहीका कारण निर्माण कार्य अलपत्र भएको हो । सडक किनारमा घरटहरा भत्काउँदा निस्केका सामाग्रीहरुले बुटवलको मख्य राजमार्ग खण्ड नै खण्डहर जस्तै बनेको छ ।

यो सडक निर्माणका लागि कन्चजंगा विरूवा जेभीले २०७३ चैत्र १७ ठेक्का पाएको थियो । बुटवल राजमार्ग चौराहदेखि गोलपार्कसम्म करिव ३ किलोमिटर लामो यो सडकको लागत अनुमान करिव ६० करोड रहेकोमा कञ्चनजंगा विरुवा जेभीले ४० करोड बढीमा ठेक्का कबुल गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : ५७ बजे

१ लाख २० हजार घुस लिँदालिँदै जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल नेपालगन्जबाट पक्राउ

काठमाडौं । कैलालीस्थित राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति

रहेनन् पूर्वमुख्यसचिव शाक्य

काठमाडौं । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको निधन भएको छ । नेपाल

एकीकृत समाजवादीको महाधिवेशन सर्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको महाधिवेशनको मिति सारेको छ

एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा परम्परागत प्रतिद्वन्दी युएईसँग

उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौँ । कवी तथा निर्देशक उपेन्द्र सुब्बाको फिल्म ‘मनसरा’को ट्रेलर