७ पुस २०८२, सोमबार | December 22, 2025

प्रतिनिधिसभा पुनर्स्थापना गर्न र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी हुन्छ : प्रचण्ड



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन् ।

धनुषा निवासी माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवका निधनमा श्रद्धाञ्जलि दिन आज जनकपुरधाम आएका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने र शेरबहादु देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिने विश्वास व्यक्त गरेका हुन् ।

प्रचण्डले अदालतमा बुझाइएको १४६ सांसदको हस्ताक्षरका आधारमा अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने जिकिर गरे ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ । पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेशी असार २८ गतेका लागि तोकिएको छ ।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले अदालतलाई अनावश्यक दबाब दिन खोजेको आरोप पनि लगाए ।

अर्को प्रसङ्गमा अध्यक्ष प्रचण्डले संविधान त्रुटिपूर्ण रहेको स्वीकार्दै संशोधनका पक्षमा आफू रहेको स्पष्ट गरे । उनले प्रदेश नं २ को नाम मधेश रहनुपर्ने पनि बताए ।

अध्यक्ष प्रचण्डले दिवङ्गत पार्टी केन्द्रीय सदस्य यादवका पार्थिव शरीरमा दलको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे । धनुषाको शहीदनगर नगरपालिका–१ बालाबाखरका नेता यादव लामो समयदेखि अर्बुदरोगबाट पीडित थिए । उनी जनयुद्धका बेलादेखि नै माओवादीमा सक्रिय थिए ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  २ : ३४ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र