७ पुस २०८२, सोमबार | December 22, 2025

प्रचण्डले भेटे एमाले वरिष्ठ नेता नेपाललाई



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेट भएको छ ।

नेता नेपाललाई भेट्न प्रचण्ड जनकपुरबाट फर्केलगत्तै कोटेश्वर पुगेका थिए ।

एमालेभित्रको विवाद समाधानका लागि दोस्रोतहका नेताहरुको पहलमा पुनः सक्रिय भएको कार्यदलको बैठक बासिरहेकै बेला प्रचण्डले नेपाललाई भेट गरेका छन् ।

यतिबेला एमाले विवाद उत्कर्षमा पुगेको छ । सर्वोच्च अदालतमा आफु विरुद्ध मुद्दा हाल्न हस्ताक्षर गरेको भन्दै आगो भएका अध्यक्ष केपी शर्मा ओलीले नेपालसहितका केही नेताहरुलाई पार्टीमा स्थान दिन नहुने अडानमा रहेका छन् । तर, ओली पक्षकै दोस्रो पुस्ताका कैयौं नेताहरुले भने पार्टी एकता वचाइराख्नुपर्ने बताउँदै नेपालसँग सहमति खोज्नुपर्ने दबाब ओलीलाई दिँदै आएका छन् ।

नेपाल पक्षमा पनि ओलीसँग एकतै गर्न हुँदैन भन्ने कट्टरपन्थी लाईनकै बीचमा एकता जोगाउनुनपर्ने दोस्रो तहका नेताहरुको जोड रहेको छ ।

सोमबारदेखि सक्रिय भएको कार्यदलको बैठक आज पनि सिंहदरबारमा बसेको छ ।

पार्टी एउटै भएपनि नेता नेपाल प्रधानमन्त्री केपी ओली विरुद्धको विपक्षी गठबन्धनमा सामेल छन् ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ४ : २५ बजे

७०औँ बार स्थापना दिवस मनाइयो

काठमाडौं । नेपाल बार एशोसिएशनले आज ७०औँ स्थापना दिवस मनाएको

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

धनुषा । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौँ । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र