१ पुस २०८२, मंगलबार | December 16, 2025

चितवनको राप्ती नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश



चितवन । चितवनमा सुजिता हत्या काण्डले उग्ररुप लिन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । जिल्लाको राप्ती नगरपालिकाका स्थानीयले सुजिता भण्डारीको हत्यारालाई पक्राउ गर्न माग गर्दै प्रदर्शन चर्काएपछि प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको कर्फ्यु आदेश आज साँझ ७ः३० बजेदेखि भोलि बेलुकी ७ः३० बजेसम्मका जारी रहने जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको सूचनामा उल्लेख छ । कर्फ्यु आदेश पूर्वपश्चिम राजमार्गको राप्ती नगरपालिका १ लोथरपुलदेखि वडा नं ४ डढुवासम्मको राजमार्गको दायाँबायाँ ५ सय मिटरसम्म लागु हुने सूचनामा जनाईएको छ ।

प्रमुख जिल्ला अधिकारी लामिछानेले भण्डारीको मृत्युको विषयलाई लिएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने, बिच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुंगामुढा, सरकारी तथा नीजि सम्पत्ति र संरचना तोडफोड, आगजनी र हुलदंगा गरी सार्वजनिक शान्ति भंग हुने अवस्था आएकाले कर्फ्यु लगाउनु परेको बताए ।

आदेशमा कर्फ्यु अवज्ञा गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल पक्राउ गर्ने र एक महिना कैद वा जरिवाना साथै दुवै सजाय समेत हुने उल्लेख छ ।

असार ११ गतेदेखि हराइरहेकी राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारीको शव सोमबार ब्रम्हस्थानी सामुदायिक वनमा फेला परेको थियो । भण्डारीको हत्या भएको भन्दै स्थानीयबासिन्दाले घटनाको निष्पक्ष छानविन गरि दोषीलाई पक्राउ गर्न माग गरेका छन् । स्थानीयले बन्द गरेको सडक प्रहरीले खुलाउने क्रममा आज दिनभरी पटक पटक झडपसमेत भएको थियो । भिड नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ९ : १२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा