२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

कोपा अमेरिका : टाईब्रेकरमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश



काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३-२ ले जित हासिल गरेको हो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाले गोल गरेका थिए । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भयो ।

यसअघि लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

जितसँगै अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ३५ बजे

बाजुरा पहिरो अपडेटः बेपत्ता महिलाको शव भेटियो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी

बरामद सबै सामग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले बरामद गरेका सञ्चार

बाढीपहिरोले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा

बाजुरा पहिरो अपडेट : बेपत्ता र घाइतेको पहिचान खुल्यो

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका

खनिज क्षेत्रको राजस्व सङ्कलन खस्कियो

काठमाडौं । खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन