११ बैशाख २०८१, मंगलबार | April 24, 2024

कोपा अमेरिका : टाईब्रेकरमा कोलम्बियालाई हराउँदै अर्जेन्टिना फाइनलमा प्रवेश



काठमाडौं । अर्जेन्टिना कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा कोलम्बियालाई टाईब्रेकरमा हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

खेलको निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट गरिएको थियो । जसमा अर्जेन्टिनाले ३-२ ले जित हासिल गरेको हो ।

टाईब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियनार्दो डेनियल पेरेडेसले गोल गरेका थिए । अर्जेन्टिनाका रोड्रिगो डी पाउलको टाइब्रेकरमा गोल गर्न चुकेका थिए ।

कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाले गोल गरेका थिए । डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल भयो ।

यसअघि लौटारो मार्टिनेजको गोलबाट अर्जेन्टिनाले अग्रता लिएको थियो । दोस्रो हाफमा लुइस डियाजको गोलमार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो ।

जितसँगै अब अर्जेन्टिनाले उपाधिका लागि ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : ३५ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना