२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

रुपन्देहीमा बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य कार्यालयले दियो एकै दिन १२ जना संक्रमितको मृत्युको विवरण



बुटवल । रुपन्देहीमा दिनदिनै कोरोना संक्रमित बढ्ने क्रमले निरन्तरता पाएको छ । बिगत ४ दिन देखि शुरु भएको संक्रमित थपिने सृङ्खलाले आज पनि निरन्तरता पाएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टाकाबीच भएको १४९ स्वावको परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिभिन्न मितिमा रुपन्देहीका अस्पताल तथा आइसोलेशनमा मृत्यु भएर तथ्याँकमा छुटेका १२ जना थप मृतकको संख्या थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आज थपिएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ५०२ पुगेको छ । आज रुपन्देहीमा ११९ जना काेराेना मुक्त भएकाे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएकाे छ ।

स्वास्थ्य कार्यालयका अनुसार २० गतेबाट बढ्न थालेको संक्रमित थपिने क्रमलाई निरन्तरता दिँदै २० गते १८ जना, २१ गते २८ जना, २२ गते ३३ जना र आज ४२ जना संक्रमित जिल्लामा थपिएका छन् । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पनि बढेर ३५६ पुगेको छ । जस मध्य २९१ होम आइसोशनमा र ६५ जनाको अस्पतालहरुमा उपचार जारी रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ५ : ३६ बजे

बसपार्कमा बस भित्रबाट यात्रु लुट्ने लुटेरा समूहका ४ जना पेस्तोल सहित पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्ज बसपार्कमा दिनदहाडै यात्रुबाहक बस भित्रबाट हतियार

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल

संसदीय दलको नेता चयन र नेता थापाको अभिव्यक्तिले एमालेमा चर्कियो विवाद

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र यतिखेर संसदीय दलको

पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर

कांग्रेस सभापति थापालाई सम्मान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई सम्मान गरिएको छ