१ पुस २०८२, मंगलबार | December 16, 2025

रुपन्देहीमा बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य कार्यालयले दियो एकै दिन १२ जना संक्रमितको मृत्युको विवरण



बुटवल । रुपन्देहीमा दिनदिनै कोरोना संक्रमित बढ्ने क्रमले निरन्तरता पाएको छ । बिगत ४ दिन देखि शुरु भएको संक्रमित थपिने सृङ्खलाले आज पनि निरन्तरता पाएको छ । रुपन्देहीमा पछिल्लो २४ घण्टाकाबीच भएको १४९ स्वावको परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बिभिन्न मितिमा रुपन्देहीका अस्पताल तथा आइसोलेशनमा मृत्यु भएर तथ्याँकमा छुटेका १२ जना थप मृतकको संख्या थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । आज थपिएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ५०२ पुगेको छ । आज रुपन्देहीमा ११९ जना काेराेना मुक्त भएकाे स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएकाे छ ।

स्वास्थ्य कार्यालयका अनुसार २० गतेबाट बढ्न थालेको संक्रमित थपिने क्रमलाई निरन्तरता दिँदै २० गते १८ जना, २१ गते २८ जना, २२ गते ३३ जना र आज ४२ जना संक्रमित जिल्लामा थपिएका छन् । रुपन्देहीमा सक्रिय संक्रमितको संख्या पनि बढेर ३५६ पुगेको छ । जस मध्य २९१ होम आइसोशनमा र ६५ जनाको अस्पतालहरुमा उपचार जारी रहेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ५ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज