६ बैशाख २०८३, आइतबार | April 20, 2026

युरोकप फुटबल : इंग्ल्यान्ड फाइनलमा प्रवेश, उपाधिका लागि इटालीसँग भिड्ने



काठमाडौं । इंग्ल्यान्ड अतिरिक्त समयमा जित निकाल्दै युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ ।

वेम्बली स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा डेनमार्कलाई २-१ पराजित गर्दै घरेलु टोली इंग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

अब उपाधिका लागि इंग्ल्यान्डले इटालीसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार बिहान सम्पन्न पहिलो सेमिफाइनलमा स्पेनलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै इटाली फाइनलमा पुगेको थियो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो । डेनमार्कले सुरुवाती अग्रता लिएपनि इंग्ल्यान्डले पहिलो हाफमा नै खेल बराबर गरेको हो ।

३० औं मिनेटमा मिकेल डाम्सगार्डको गोलमा डेनमार्कले अग्रता लिएको थियो । उनले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक गोलमा परिणत भएको थियो ।

३९ औं मिनेटमा इंग्ल्यान्ड बराबरी गोल फर्काउन सफल भयो । बुकायो साकाको क्रस रहिम स्टर्लिङ दिएपनि कप्तान सिमोन केयरले त्यसअघि नै ट्याकल गर्ने क्रममा बल आफ्नै पोस्टमा छिरेको थियो ।

१०४ औं मिनेटमा जोकिम महेलले स्टर्लिङलाई डिबक्स भित्र लडाएपछि रेफ्रीले भीएआरमार्फत् पेनाल्टी दिए । कप्तान ह्यारी केनको प्रहारलाई गोलकिपर पिटर स्माइकलले विफल पारेपनि रिबाउन्डमा उनले गोल गर्दै इंग्ल्यान्डलाई जित दिलाए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : १९ बजे

निवर्तमान कार्यबाहक सभापति खड्कासंग सभापति गगन थापाको भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका नेता

बुटवलको भुवनेश्वरी मन्दिरमा भोलिदेखि श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ हुने

बुटवल । बुटवल उपमहानगरपालिका-४ भुवनेश्वरी मार्गस्थित श्री भुवनेश्वरी भगवती मन्दिरमा

खजुरा गोल्डकपको उपाधि नाईजेरियन जष्ट जोनलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न एमटी एरिना प्रथम खजुरा गोल्डकप

इक्यान रुपन्देहीद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान, व्यवसाय व्यवस्थित बनाउन जोड

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीले नयाँ वर्ष

विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउन सरकारले सुरक्षाकर्मी परिचालन गर्ने

काठमाडौं । सरकारले विश्वविद्यालय, क्याम्पस तथा अन्य शैक्षिक संस्थाबाट दलीय