१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

अनलाइन सरुवा प्रणाली प्रभावकारी



काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा भएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा भए ।

बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा नगरे पनि सरुवा भएपछि उनले अनलाइन प्रणालीबाट गरिएको सरुवा प्रभावकारी भएको अनुभव गरे ।

पार्धेले भने, “अनलाइनबाट सरुवाको निवेदन गर्दा बिना झन्झट भनसुन नै नगरी सजिलै सरुवा हुँदो रहेछ, सरुवाका लागि अनलाइन प्रणाली प्रभावकारी भएको मैले महसुस गरेँ ।”

पार्धेजस्तै जिल्ला हुलाक कार्यालय महोत्तरीबाट राष्ट्रिय किताबखानामा सरुवा भएकी सरिता अधिकारीले पनि अनलाइन प्रणाली प्रभावकारी भएको बताइन । “सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कसैलाई चिनेको छैन”, उनले भनिन, “अनलाइनबाट निवेदन दिएको चार दिनमै मन्त्रालयबाट पत्र बनिसकेको छ भनेर फोन आयो ।”

उनका अनुसार अनलाइन फाराममा सेवा गर्न जाने कार्यालय रोज्ने अवसर दिइएको हुन्छ । “मैले आफूलाई पायक पर्ने र दरबन्दी खाली भएको निजामती किताबखानामा सेवा गर्न फाराम भरेर, आफूले रोजेकै कार्यालयमा चार दिनमै सजिलै सरुवा भयो”, उनले भनिन ।

गत मङ्सिरदेखि मन्त्रालयले सुरु गरेको अनलाइन सरुवा प्रणाली प्रभावकारी बन्दै गएको छ । मङ्सिरदेखि हालसम्म अनलाइनबाट सरुवा हुन एक हजार ४३१ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएकामध्ये२५३ जनाको रोजेकै कार्यालयमा सरुवा भइसकेको छ ।

“अहिले दुर्गम क्षेत्रका कर्मचारी सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनु पर्दैन”, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव राजीव पोखरेलले भने, “अहिले जता छ त्यहीँ बसेर रोजेकै कार्यालयमा सरुवा हुन्छ । मन्त्रालयका कर्मचारीले पनि अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नैमा समय खर्चनु नपर्ने भएको छ ।”

मन्त्रालयले अनलाइन प्रणालीबाट सरुवा प्रणाली सुरु गरेपछि कर्मचारीलाई समय र पैसाको बचत भई कर्मचारीलाई मन्त्रालय धाउनुपर्ने अवस्था अन्त्य भएको छ ।

दुर्गम क्षेत्रका कर्मचारी सरुवाकै लागि भनेर काठमाडौं आएर होटलमा बस्ने खर्च कम भएको छ भने भनसुनका लागि हुने दौडधुप र लाग्ने समयको बचतले सेवा प्रवाह प्रभावकारी भएको पोखरेलले बताए । आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ७ : ४४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले