२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भारतीय प्रधानमन्त्री माेदीले दोस्रो कार्यकालमा पहिलाे पटक गरे मन्त्रीमण्डलको विस्तार



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक केन्द्रीय मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

मन्त्रिपरिषदका ४३ सदस्यहरुलाई पद तथा गोपनियताको शपथ खुवाईएको छ,, जसमा १५ मन्त्री र २८ जना राज्यमन्त्री छन् ।

आफ्नो दोस्रो कार्यकालको पहिलो मन्त्रिपरिषद् विस्तारमा प्रधानमन्त्री नरेन्द्र मोदीले चुनाव र सामाजिक आवश्यकताको आधारमा सामाजिक र क्षेत्रीय गणितको प्रयोग गर्ने प्रयास गरेका छन् । मोदीले उत्तरप्रदेशका सात नयाँ अनुहार सहित चार पिछडिएको र पहिलो पटक अनुसूचित जातिका दुई नयाँ अनुहारलाई स्थान दिएर सामाजिक र क्षेत्रीय सन्तुलन सिर्जना गर्ने प्रयास गरिएको छ ।

विस्तारमा जातीय र क्षेत्रीय बीचमा सन्तुलन कायम गर्ने मात्र नभई पुराना अनुहारहरूको विकल्प खोज्ने प्रयास पनि गरिएको छ। अनुप्रिया पटेललाई मन्त्रिपरिषद्मा समावेश गरेर गठबन्धनलाई दृढताका साथ सञ्चालन गर्ने सन्देश दिइएको बिस्तारित मन्त्रीमण्डलमा दुईजना कुर्मी अनुहारहरू समावेश गरेर भाजपाको परम्परागत कुर्मी मत कायम राख्ने प्रयास गरिएको छ। केन्द्रीय मन्त्रीमा प्रधानमन्त्री मोदी सहित उत्तरप्रदेशबाट मात्र १५ जना मन्त्रीमण्डलमा सहभागी छन् ।

मन्त्रिपरिषद सदस्यमा कतिपय नयाँ अनुहार पनि छन् । बुधबार सर्वानन्द सोनोवाल, नारायण राणे, ज्योतिरादित्य सिन्धियासहित १५ जना मन्त्रीले सपथ गराईएको छ ।

यस्तो छ मोदी क्याबिनेट

  • राजनाथ सिंह– रक्षा
  • अमित शाह– गृह तथा सहकारिता
  • नितिन गडकरी– परिवहन तथा राजमार्ग
  • निर्मला सीतारमण– वित्त तथा कार्पोरेट
  • नरेंद्र सिंह तोमर– कृषि
  • एस जयशंकर– विदेश मन्त्री
  • अर्जुन मुण्डा– आदिवासी
  • स्मृति ईरानी– महिला एवं बाल कल्याण
  • पीयूष गोयल– वाणिज्य, उद्योग, उपभोक्ता तथा कपड़ा
  • धर्मेन्द्र प्रधान– शिक्षा, उद्यम तथा कौशल विकास
  • प्रह्लाद जोशी– संसदीय मामिला
  • नारायण राणे– लघु, मध्यम तथा सूक्ष्म उद्योग
  • सर्बानंद सोनोवाल– पोर्ट, शिपिंग, जलमार्ग
  • मुख्तार अब्बास नकÞवी– अल्पसंख्यक
  • वीरेन्द्र कुमार– सामाजिक न्याय
  • गिरिराज सिंह– ग्रामीण विकास तथा पञ्चायती
  • ज्योतिरादित्य सिंधिया– नागरिक उड्डयन
  • आरसीपी सिंह– इस्पात
  • अश्विनी वैष्णव– रेलवे, सञ्चार तथा सूचना
  • पशुपति कुमार पारस– खाद्य
  • गजेन्द्र सिंह शेखावत– जलशक्ति
  • किरेन रिजिजू– न्याय तथा कानून
  • आरके सिंह– ऊर्जा
  • हरदीप सिंह पुरी– पेट्रोलियम, ग्यास, आवास एवं शहरी विकास
  • मनसुख माण्डविया– स्वास्थ्य तथा परिवार कल्याण
  • भूपेन्द्र यादव– पर्यावरण एवं वन, जलवायु परिवर्तन, श्रम एवं रोजÞगार
  • महेन्द्र नाथ पाण्डे– भारी उद्योग
  • पुरुषोत्तम रुपाला– पशुपालन, मत्स्य पालन तथा दुग्ध उत्पादन
  • जी. किशन रेड्डी– पर्यटन एवं संस्कृति
  • अनुराग ठाकुर– खेल तथा युवा

 

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  १० : ०९ बजे

निर्वाचन आउन ८८ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक