२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

रुपन्देहीका व्यापारीहरुमा धमाधम् कोरोना संक्रमण पुष्टि, अस्पतालका बेडहरु भरिन थाले, संक्रमणको दर ५० प्रतिशत पुग्न थाल्यो



बुटवल । रुपन्देहीमा कोरोना संक्रमणको दर बढ्ने क्रमले आज पनि निरन्तरता पाएको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २०७ स्वाव परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत ५ दिन देखिको लगातार बढ्ने क्रमले आज पनि उचाई पक्रेको छ ।

जिल्लामा संक्रमित थपिने क्रमसँगै खाली हुँदै गएका अस्पतालका बेडहरु पनि फेरि भरिँदै गएका छन् । लुम्बिनी प्रादेशिक अस्पतालका आकस्मिक कक्षका बेडहरु संक्रमितहरुले भरिएका छन् भने खाली भएको आईसीयू र भेन्टिलेटरहरुमा पनि बिरामी भर्ना हुने क्रम बढेको छ । लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकलपर्शन डा. नन्दु पाठकका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा मात्र ११६ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमिण पुष्टि भएको छ । करिव ८ प्रतिशतमा झरेको संक्रमणको दर पुनः बढेर ५० प्रतिशतको हाराहारीमा पुगेको डा. पाठकले बताए ।

अस्पतालमा संक्रमण घटेसँगै नन्कोभिड बिरामीलाई भर्ना गर्न थालिएकोमा कोरोनाका लागि छुट्याएका बेड र आईसीयूहरु फेरि कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गर्न थालिएको उनले बताए । बिहीबार दिउसोसम्म अस्पतालको आकस्मिक कक्षमा मात्रै २१ जना कोरोना संक्रमित भर्ना भएका छन्। लुम्बिनीमा कोभिडका मात्रै ४७ जना उपचाररत छन्।

प्रादेशिक अस्पतालमा ८० र धागो कारखानामा १७ बेडमा संक्रमितको उपचार भईरहेकोमा संक्रमण घटेपछि २० बेडमा नन्कोभिडका बिरामी राख्न थालिएको थियो । एकैदिन २० बढी संक्रमित थपिएपछि अव फेरि कोरोना संक्रमितका लागि बेडको व्यवस्थापन गर्नु पर्ने देखिएको डा. पाठकले बताए । लुम्बिनी प्रादेशिक अस्पतालमा मात्रै बिहीबारसम्म आइसियुमा ८ जना र जनरल वार्डमा १८ जना कोभिडका बिरामी छन्।

अस्पताल भर्ना हुन पुगेका र संक्रमिण पुष्टि भएका अधिकाँस बुटवल पेरिफेरिका स्थानीय व्यवसायी रहेको डा. पाठकले बताए । निषधाज्ञा खुकुलो भएसँगै व्यापार व्यवसाय खुलेपछि व्यवसायीमा संक्रमण फैलिएको उनले अनुमान गरे ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा ३८१ जना सक्रिय संक्रमित रकेका छन् भने पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । सोही अवधिमा २१ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ५ : ०७ बजे

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे

आज सभामुखको उम्मेदवारी दर्ता, रास्वपाबाट डोलप्रसाद अर्यालको दाबी

काठमाडौं । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रतिनिधिसभाको सभामुख