७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

हाइटीका राष्ट्रपति हत्यामा संलग्न ४ पक्राउ, एकजना अमेरिकी नागरिक भएको दावी



एजेन्सी । हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ भने केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । तर प्रहरीले हत्याको कारण र योजनाकारबारे केही खुलाएको छैन ।

बुधबार बिहान आफ्नै निवासमा राष्ट्रपति मोइसको हत्या भएको थियो । उक्त घटनामा राष्ट्रपति मोइसकी श्रीमति मार्टिन गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनालगत्तै हाइटीका कार्यबाहक प्रधानमन्त्री क्लाउड जोसेफले विदेशीको संलग्नमा राष्ट्रपतिको हत्या भएको प्रतिक्रिया दिएका थिए ।
यता, राष्ट्रपतिको हत्याको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा शान्ति सुरुक्षा कायम गर्न असफल भएको भन्दै सरकारको विरोधमा नाराबाजी पनि गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : २५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल