७ श्रावण २०८३, बिहिबार | July 23, 2026

हाइटीका राष्ट्रपति हत्यामा संलग्न ४ पक्राउ, एकजना अमेरिकी नागरिक भएको दावी



एजेन्सी । हाइटीको प्रहरीले राष्ट्रपति जोभनेल मोइसको हत्याविरुद्ध गरेको कारवाहीमा चार जनाको मृत्यु भएको छ भने केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

सुरक्षाकर्मीको कारवाहीमा मारिनेमध्ये एक जना अमेरिकी नागरिक रहेको बीबीसीले जनाएको छ । तर प्रहरीले हत्याको कारण र योजनाकारबारे केही खुलाएको छैन ।

बुधबार बिहान आफ्नै निवासमा राष्ट्रपति मोइसको हत्या भएको थियो । उक्त घटनामा राष्ट्रपति मोइसकी श्रीमति मार्टिन गम्भीर घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

घटनालगत्तै हाइटीका कार्यबाहक प्रधानमन्त्री क्लाउड जोसेफले विदेशीको संलग्नमा राष्ट्रपतिको हत्या भएको प्रतिक्रिया दिएका थिए ।
यता, राष्ट्रपतिको हत्याको विरोधमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा शान्ति सुरुक्षा कायम गर्न असफल भएको भन्दै सरकारको विरोधमा नाराबाजी पनि गरेको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ७ : २५ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी