९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपालले खरिद गरेको भेरोसेल खोपको पहिलो खेप काठमाडौं आइपुग्यो



काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’को पहिलो खेप लिएर नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।

निगमका अनुसार चालक दलका १२ सदस्यसहित बिहीबार चीन गएको जहाज आज बिहान काठमाडौंमा अवतरण भएको हो । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोप मध्ये पहिलो खेप शुक्रवार आइपुगेको हो । नेपाल आइपुगेको खोप सुरुमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको चिस्यान भण्डारणमा राखिने बताइएको छ ।

पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ । बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो । सरकारले सरकार–सरकार ९जिटुजी०मार्फत चीनबाट खोप ल्याउन सुरु गरेको हो ।

अब असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते तथा साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ ।

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ९ : ५४ बजे

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी। बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा रु ६ करोड

सडक फराकिलो बनाउन आफ्ना घरटहरा भत्काउन दरवाङवासी आफै अग्रसर

म्याग्दी । मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा