२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

२४ घण्टामा २२३९ कोरोना संक्रमित थपिए, १३१६ संक्रमणमुक्त, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको परीक्षण गर्दा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट १ हजार ४७९ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाकै अवधिमा १ हजार ३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्र २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

२३ हजार ९२० जना होम आइसोलेसनमा र २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ४० बजे

नेपाल प्रहरीले माग्यो ठूलो संख्यामा प्राविधिक जनशक्ति (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिको माग गरेको

भारत–नेपाल सहयोगः सामुदायिक विकासका सात परियोजना कार्यान्वयनको सम्झौता

काठमाडौं । भारत सरकारले सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने

आर्टिफिसियल इन्टेलिजेन्सको अदृश्य लागत – ऊर्जा, पानी र डाटा सेन्टरको बढ्दो दबाब

डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) विश्वव्यापी परिवर्तनको प्रमुख शक्ति बनिरहेको

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौं । काठमाडौं महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप

दार्चुलामा झोलुंगे पुल निर्माणका लागि हर्क साम्पाङको श्रमदान अभियान घोषणा

काठमाडौं । सांसद हर्क साम्पाङले दार्चुलामा तुइन विस्थापन गरी झोलुंगे