१ पुस २०८२, मंगलबार | December 17, 2025

बाढी पहिरोको क्षतिबारे बुझ्न प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाढीले क्षतिग्रस्त पुर्याएको जिल्ला सिन्धुपाल्चोक जाँदैछन ।

सिन्धुपाल्चोकका मेलम्ची खानेपानी आयोजना लगायत विभिन्न बस्तीको प्रधानमन्त्री ओलीले आज निरीक्षण गर्न लागेका हुन ।

प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाका अनुसार आज बिहान साढे १० बजे नेपाली सेनाको हेलिकप्टर मार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नेछन ।

प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पु(याएको क्षतिका साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन ।

प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको विज्ञ थपलियाले जानकारी दिए । उनका अनुसार बाढी प्रभावित क्षेत्रका लागि विभिन्न राहत घोषणाको तयारी गरिएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट शनिबार सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । मेलम्ची बजार र हेलम्बुको गणेश बगर भन्ने स्थानमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उनको भनाइ छ ।

प्रजिअ पोखरेलका अनुसार कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तक्रिया कार्यक्रमसमेत तय गरिएको छ । प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको हो ।

त्यसैगरी सो अवसरमा जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउने छन । यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका विभिन्न ठाउँमा क्षति पु(याएको थियो ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : २८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष