६ बैशाख २०८१, बिहिबार | April 18, 2024

कोरोनाको उच्च जोखिममा बालबालिका, सचेत रहन चिकित्सकको आग्रह



काठमाडौं । बालबालिका कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेका छन् र उनीहरूलाई कोरोनाबाट बचाउनु अबको महìवपूर्ण कार्य भएको चिकित्सकको सुझाव छ । बालबालिकालाई कोरोनाबाट जोगाउन अभिभावकको भूमिका महìवपूर्ण हुने विज्ञको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ वर्षभन्दा मुनिका ४१ जना बालबालिकाको मृत्यु कोरोनाकै कारण भइसकेको छ । यसैगरी १० देखि १९ वर्ष उमेर समूहका ४८ जनाको कोरोनाबाट मृत्यु भएको छ । २० देखि २९ वर्ष उमेर समूहका २७६ जनाको मृत्यु कोरोनाबाट भएको छ ।

प्राप्त तथ्याङ्कले किशोर तथा युवासँगै बालबालिका कोरोनाको उच्च जोखिममा रहेका छन् भन्ने प्रस्ट देखाउँछ । शनिबारको मात्र तथ्याङ्क हेर्ने हो भने १० वर्षसम्मका ५२ जना बालबालिका कोरोना सङ्क्रमित भएका छन् भने ११ वर्षदेखि २० वर्षसम्मका १३० जना कोरोना सङ्क्रमित भएका छन् ।

नेपालमा कोरोनाको पहिलो चरणको सङ्क्रमणमा बालबालिका जोगिएका थिए । दोस्रो भेरियन्टमा बालबालिका सङ्क्रमित र मृत्यु हुने सङ्ख्या बढेपछि चिन्ता बढेको छ । बालबालिकालाई कोरोना सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक अस्पताललाई कुल शøयाको २० प्रतिशत बालबालिकाका लागि छुट्याउन निर्देशन दिइसकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी पछिल्ला भेरियन्टमा बालबालिका बढी जोखिममा रहेको बताउँछन् । उनले बालबालिका कोरोनाको उच्च जोखिममा रहेकाले अस्पताललाई २० प्रतिशत शøया बालबालिकाको उपचारका लागि छुट्याउन यसअघि नै निर्देशन दिइसकेको स्पष्ट पार्छन ।

वरिष्ठ बालरोग विशेषज्ञ डा। आरपी चौधरीले नेपालमा बालबालिकालाई कोरोनाको जोखिम उच्च रहेको जानकारी दिँदै अहिले पनि देशभर दैनिक सयभन्दा बढी बालबालिका सङ्क्रमणमा परेको बताए । उनले बालबालिकालाई कोरोना सङ्क्रमणबाट जोगाउन अविभावकको महत्वपूर्ण भूमिका रहने भन्दै बाबुआमाले बालबालिकाको स्वास्थ्यबारे ध्यान दिनुपर्ने सुझाव दिए ।

डा। चौधरीले पछिल्लो समय बालबालिकामा कोरोना सङ्क्रमणको महामारी बढिरहेको बताए । यसभन्दा अघि कोरोनाको पहिलो लहरमा नेपालमा खासै बालबालिकामा कोरोनाको सङ्क्रमण बढी थिएन भन्दै डा। चौधरीले भने, “कोरोनाको दोस्रो लहरमा भने बालबालिका तथा युवा बढी सङ्क्रमणमा पर्ने र जटिलता पनि बढी देखिएको छ ।”

कोरोनाको तेस्रो लहरमा बालबालिकामा सङ्क्रमण भयावह हुने भएकाले सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए । साना-साना बालबालिका आफूले बोलेर के भएको छ भन्नेसमेत बताउन नसक्दा उनीहरूको उपचारमा ढिलाइ हुँदा समस्या हुने उनको भनाइ छ । साना बालबालिकाले मास्क प्रयोग गर्न नमान्ने भएकाले उनीहरूलाई अरूबाट हुने सङ्क्रमणबाट जोगाउन कठिन हुने भन्दै अभिभावकले बालबालिका बचाउन ध्यान दिनुपर्ने बताए ।

डा। चौधरीले कोरोनाको लक्षण देखिनासाथ बालबालिकालाई अस्पताल पु(याउन सुझाव दिए । अभिभावक चनाखो हुनुपर्ने भन्दै उनले बच्चा अलि ठूलो र बुझ्ने छ भने अभिभावकले कोरोना बारेमा जानकारी दिनुपर्ने बताए । उनले कोरोनाबाट बच्न ठूलो मान्छेमा जस्तै बालबालिकामा पनि मास्क प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, समय–समयमा साबुनपानीले हात धुन सिकाउने र धुन लगाउनेजस्ता क्रियाकलाप गर्नुपर्ने बताए ।

बालरोग विशेषज्ञ डा। दिनेश कोइरालाले बालबालिकामा सङ्क्रमण बढिरहेको भन्दै तेस्रो चरणको कोरोनामा झनै डरलाग्दो हुने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । बालबालिकाको उपचार र वयस्कको उपचार फरक हुने भन्दै डा। कोइरालाले सरकारले बालबालिकाको कोरोना उपचारका लागि छुट्टै अस्पताल तोकेर उपचारमा सहजता ल्याउनुपर्ने बताए ।

कोइरालाले सरकारले सातवटै प्रदेशमा बाल अस्पताल बनाउनुपर्ने बताए । उनले सबै प्रदेशमा बाल अस्पताल हुँदा बालबालिकाको उपचारका लागि सहज हुने बताए । सरकारले सातै प्रदेशमा बाल अस्पताल बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ । आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ३८ बजे

कोशी प्रदेशसभामा पेश भयो संकल्प प्रस्ताव

विराटनगर । कोशी प्रदेशमा संकल्प प्रस्ताव भएको छ । नेकपा

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले

डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर

एन्फाका उपाध्यक्ष लामा छुटे

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा