२४ मंसिर २०८२, बुधबार | December 10, 2025

स्थानीय तहमा अनियन्त्रित भ्रष्टाचार



जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिनासाथ ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’को वाचा गरेका थिए । आफू नेतृत्वको सरकार पाँच  (शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ र सुशासन)लाई मुख्य प्राथमिकतामा राखेर सञ्चालन हुने उनको भनाइ थियो । तर, मुख्यमन्त्री राउतको उक्त वाचा भाषणमै सीमित देखिएको छ ।

प्रदेश २ का स्थानीय तह भ्रष्टाचार तथा अनियमिततामा मुछिए पनि नियामक निकायबाट कुनै अनुगमन हुन सकेको छैन । स्थानीय जनप्रतिनिधिले विकास बजेटमा चरम भ्रष्टाचार गर्दै आएका थुप्रै उदाहरण सार्वजनिक भएका छन ।

रौतहटको फतुवा विजयपुर नगरपालिका-१० का वडाध्यक्ष मनोज चौधरीले असार २१ गते इन्जिनियर फिरोज आलमलाई हातपात गरे । वडाध्यक्ष चौधरीले कामै नभएको शीर्षकमा रकम भुक्तानीका लागि कागजात बनाइदिन ‘दबाब दिँदै आएका’ थिए । तर, इन्जिनियरले नमानेपछि चौधरीले आवेशमा आई कुटपिट गरेको जनाइएको छ । तर, गैरकानुनी कामका लागि दबाब दिने वडाध्यक्षमाथि कुनै कारबाही भएको छैन ।

धनुषाको औरही गाउँपालिकाले एउटै बोलपत्रलाई तीनपटक संशोधन गर्‍यो । औरही गाउँपालिका-२ देउरी परवाहास्थित १५ शय्याको प्राथमिक स्वास्थ्य चौकी निर्माणका लागि २०७७ पुस २९ गते पहिलो पटक बोलपत्र सूचना प्रकाशन गरिएको थियो । त्यसपछि ११ वटा निर्माण कम्पनीले आवेदन पेस गरे । तर, अन्तिम समयमा गाउँपालिका कार्यालयले टेन्डर रद्द गर्‍यो ।

वैशाख १७ गते दोस्रो पटक टेन्डरको सूचना प्रकाशन गरियो । त्यसपटक पनि ११ वटा कम्पनीले रीतपूर्वकको बोलपत्र भरे । तर, फेरि टेन्डर खुल्नुभन्दा अगावै अर्को सूचना प्रकाशन गरियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : २६ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल