२३ भदौ २०८३, मंगलबार | September 8, 2026

विपदबाट क्षतिवक्षत घर निर्माणमा जुट्दै सरकार



काठमाडौं । गत वर्षको मनसुनजन्य विपद्का घटनाबाट क्षति पुगेका र भत्किएका घर बनाउन सरकारले २२ जिल्लामा ३० करोड रुपैयाँ पठाएको छ । संघीय सरकारले गत वर्षको बाढी तथा पहिरोका घटनाबाट क्षति पुगेका निजी घर निर्माणका लागि सो रकम पठाएको हो ।

कहाँ कति पठाइयो ?
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार हालसम्म २२ जिल्लामा गत वर्षको बाढी तथा पहिरोबाट भत्केका र क्षति पुगेका निजी आवास निर्माणका लागि रकम पठाइएको छ ।

उनका अनुसार २२ जिल्लामा गरी कुल २९ करोड ९९ लाख २६ हजार २ सय ५० रुपैयाँ जिल्ला पठाइएको हो । सो रकम म्याग्दी, धनकुटा, भोजपुर, स्याङ्जा, बाजुरा, पर्वत, मोरङ, बाग्लुङ, पश्चिम रुकुम, दार्चुला, कालिकोट, रोल्पा, कास्की, जाजरकोट, संखुवासभा, लमजुङ, मकवानपुर, बझाङ, तनहुँ, गोरखा, नुवाकोट र सिन्धुपाल्चोकका लागि पठाइएको हो । सो रकमबाट ४ हजार ९ सय ३७ लाभग्राही लाभान्वित हुने प्राधिकरणले जनाएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ७ : ४० बजे

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर

तुइन खोलामा जोखिमपूर्ण ढिस्को भत्काइँदै

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का