६ श्रावण २०८३, बुधबार | July 22, 2026

रेडपाण्डाको छाला, भालुको पित्त सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगर १ पुष्पलालचौक स्थित राप्ती गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा शनिबार राती नेपालगंज उप-महानगरपालिका १ पुष्पलाल चोक स्थित रहेको राप्ती गेष्ट हाउस भित्र संरक्षित वन्यजन्तुका अंगको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्हरी कार्यालय बाँकेको संयुक्त टोलीले छापा मारेर १ थान रेडपाण्डको छाला र ४ वटा भालुको पित्त बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

सो प्रतिबन्धित सामन सहित घोराही उप-महानगरपालिका ४ का भक्त बहादुर पुन र केशव पुन तथा शान्तीनगर गाँउपालिका १ का रोबिन बुढालाई पक्राउ गरिएको बाँके प्हरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । सो गेष्ट हाउसको काठा नम्बर १० मा कसिरहेका उनीहरुले कपडाले बेरेर लुकाईराखेको अवस्थामा १ थान रेडपाण्डाको छाला र खाटको सिरानीमुनीबाट ४ वटा भालुको पित्त बरामद गरेको डीएसपी न्यौपानेले बताए ।

पक्राउ परेकाहरुलाई बन्यजन्तु संरक्षण ऐन बमोजिम कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : २९ बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको