१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रेडपाण्डाको छाला, भालुको पित्त सहित ३ जना पक्राउ



नेपालगन्ज । बाँके प्रहरीले रेडपाण्डाको छाला र भालुको पित्त सहित ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगर १ पुष्पलालचौक स्थित राप्ती गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको हो ।

गोप्य सूचनाका आधारमा शनिबार राती नेपालगंज उप-महानगरपालिका १ पुष्पलाल चोक स्थित रहेको राप्ती गेष्ट हाउस भित्र संरक्षित वन्यजन्तुका अंगको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्हरी कार्यालय बाँकेको संयुक्त टोलीले छापा मारेर १ थान रेडपाण्डको छाला र ४ वटा भालुको पित्त बरामद गरेको बाँके प्रहरीले जनाएको छ ।

सो प्रतिबन्धित सामन सहित घोराही उप-महानगरपालिका ४ का भक्त बहादुर पुन र केशव पुन तथा शान्तीनगर गाँउपालिका १ का रोबिन बुढालाई पक्राउ गरिएको बाँके प्हरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताए । सो गेष्ट हाउसको काठा नम्बर १० मा कसिरहेका उनीहरुले कपडाले बेरेर लुकाईराखेको अवस्थामा १ थान रेडपाण्डाको छाला र खाटको सिरानीमुनीबाट ४ वटा भालुको पित्त बरामद गरेको डीएसपी न्यौपानेले बताए ।

पक्राउ परेकाहरुलाई बन्यजन्तु संरक्षण ऐन बमोजिम कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : २९ बजे

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले

रहेनन् ‘माइतीघर’ फिल्मका अभिनेता सीपी लोहनी

काठमाडौं । निजी क्षेत्रले निर्माण गरेको नेपालको पहिलो सिनेमा ‘माइतीघर’का

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक