५ पुस २०८२, शनिबार | December 20, 2025

स्याङजा र गोरखामा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्ट, थप सतर्कता अपनाउन अनुरोध



काठमाडौं । गण्डकी प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठ ३१ गते काठमाडौं पठाइएका ५ वटा नमूनामध्ये सबैमा डेल्टा भेरियन्ट पुष्टी भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्ति अनुसार स्याङ्जा र गोरखा जिल्लामा नयाँ भेरियन्ट डेल्टा बि.१.६१७.२ भएको पुष्टि भएको छ ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका १४ र ६० वर्षीय २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३३, ४० र ७० वर्षीया ३ महिलामा नयाँ भेरियन्टसहितको संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका अनुसार गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट नयाँ भेरिएन्ट जाँचका लागि जेठ ३१ गते जनस्वास्थ्य प्रयोगशाला काठमाडौं पठाएका ५ वटा नमुनाहरुमा नयाँ भेरिएन्ट फेला परेको हो ।

योसँगै सुरक्षाका मापदण्ड अपनाई थप सतर्कता अपनाउन निर्देशनालयले अनुरोधसमेत गरेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ३ : ५९ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता