७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने कुनै योजना छैन : पर्यटन मन्त्रालय



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई निजीकरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारेको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण भइरहेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले आज विज्ञप्ति निकालेर खण्डन गरेको हो ।

मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– “निगमलाई निजीकरण गर्ने वा निजी कम्पनीमा रुपान्तरण गर्ने कुनै योजना एवं कार्यक्रम नभएको तथा निजीकरणको प्रक्रियाका सम्बन्धमा हालसम्म कुनै छलफलसमेत नभएको व्यहोरा सम्बन्धित सबैको लागि जानकारी गराइन्छ ।”

निगमको रणनीतिक सुधारका लागि भइरहेका कार्यका सम्बन्धमा विभिन्न महानुभावबाट भइरहेको गलत सूचनाप्रति पनि मन्त्रालयले चासो जनाउँदै सत्यतथ्यको पक्षमा उभिन अपिल गरेको छ ।

निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढेपछि निगमका कर्मचारीले उक्त कदमको विरोध जनाएका छन् ।

निगमलाई निजीकरण गरी कर्मचारीको भविष्यलाई अन्यौल पार्ने खेल भएको भन्दै निगमभित्रका कर्मचारी सङ्गठनले निगमका उच्च पदाधिकारीको कार्यकक्षमा पाँच दिनसम्म तालाबन्दी गरेका थिए । प्रहरी प्रशासनको सहयोगमा तालाबन्दी खुलाइएको छ । कर्मचारीको विरोध भने अझै साम्य भएको छैन । उनीहरुले महाप्रबन्धक पौडेललाई काममा अवरोध गरेका छन् ।

सरकारले चालू आवको बजेटमार्फत निगमको सङ्गठन सुधार गर्ने भनी गरिएको प्रतिबद्धताबमोजिम विभिन्न विकल्पको अध्ययन गर्ने क्रममा कम्पनी मोडलमा सञ्चालन गर्नेबारे आवश्यक तयारीस्वरुप विभिन्न विकल्पमा छलफलको प्रक्रिया मात्रै अघि बढेको निगमले यसअघि नै स्पष्ट पारिसकेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ५८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल