६ बैशाख २०८१, बिहिबार | April 18, 2024

फैसलाले स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको छ : नेपाली कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलालाई सहज रुपमा लिन आग्रह गरेकोछ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको फैसलालाई कसैको पनि हार जितको रुपमा नलिन अपील गरेका हुन् ।

सभापति देउवाले फैसलालाई कसैले पनि व्यक्तिगत जित हारको विषयका रुपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्ने बताएका छन् । देउवाले फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको जिकिर गर्दै स्वतन्त्र न्यापालिकाप्रतिको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।

देउवाले फैसलाले देश र जनतको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई अझ जिम्मेवार बनाएको उल्लेख गरेका छन् ।

देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक भएका राजनीतिक दल, नागरिक आन्दोलन, कानून व्यवसायी, विभिन्न संघसंस्थाहरु एवं संचार माध्यमलाई बधाई दिएका छन् ।

 

प्रकाशित मिति : २८ असार २०७८, सोमबार  ५ : ३० बजे

बाँकेको बाहुबली हर्बल प्रालिमा आगलागी, नेपाल र भारतका ११ दमकलले आगो निभाउँदै

बाँके । बाँकेको जानकी गाउँपालिका-६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा

सुदूरपश्चिममा सरकार दाबि गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका