१९ भदौ २०८३, शुक्रबार | September 5, 2026

सर्वोच्चको फैसला दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई चुनौती : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाले दलीय प्रणालीको आधारभूत प्रस्तावनालाई चुनौती दिएको बताएका छन् ।

प्रधानमन्त्रीबाट बाहिरिँदै जाँदा देशबासीका नाममा सम्बोधन गर्दै ओलीले अदालतको अपव्याख्याले संविधानको संशोधन गरिएको दाबी गरे ।

संविधानको धारा ७६ को उपधारा ५ को गरिएको व्याख्याप्रति तिब्र असन्तुष्टि जनाउँदै ओलीले सरकार बनाउन दलीय ह्वीप नलाग्ने संवैधानिक इजलासको फैसला गम्भीर भएको बताए । ओलीले राजनीतिक दलको घोषणापत्र, चुनावचिन्हमा मत पाएर जनताले जिताको जनप्रतिनिधिले आफुखुशी भोट हाल्न पाउने व्यवस्था दलीय राजनीतिक मूल्य र मान्यता भन्दा विपरित भएको बताए ।

ओलीले अदालतले राजनीतिक मुद्दामा प्रवेश नगर्ने विगतको नजिरलाई भत्काएको आरोप लगाए । उनले भने, ‘अत्याधिक न्यायिक सक्रियतामा मागै नगरिएका विषयमा समेत हात हालेर नत गन्तव्यमा पुगिन्छ, न त हात हाल्नेहरुले त्यसको भारी बोक्ने सामथ्र्य राख्न सक्छन् ।’

ओलीले संविधानको अपव्याख्या गर्दा राजनीतिक संस्कारमा विकृति थपिने बताए । उनले राजनीतिक विषयको फैसला गर्ने मुख्य जिम्मेवारी दलहरुको भएको बताए ।

ओलीले खास खास पक्षले हप्ता अघि नै अदालतबाट के निर्णय हुँदैछ भन्ने थाहा पाउँछन् भने त्यस्ता संस्थाप्रति जनताको विश्वास टुट्ने बताए । राज्यका अंहरुमाथि जनताको विश्वास उठ्यो भने त्यसको दुस्परिणाम गम्भीर बन्ने उनले चेतावनी दिए ।

ओलीले जनताको भारी मतले आफु प्रधानमन्त्रीमा नियुक्त भए पनि अदालतको परमादेशले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिएको बताए ।

ओलीले आफुलाई आफ्नै साथीहरु र बाहिरबाट पुरै असहयोग भए पनि जनताको पक्षमा धेरै काम गरेको दाबी गरे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  २ : ५० बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति