७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले वरिष्ठ नेता नेपालले बुझे कार्यदलले तयार पारेको १० बुँदे सहमतिको मस्यौदा



काठमाडौं । नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलले तयार पारेको पार्टी एकताको १० बुँदे सहमतिको प्रस्ताव एमाले वरिष्ठ नेतामाधव कुमार नेपालले बुझेका छन् । १० सदस्सीय कार्यदलले तयार पारेको १० बुँदे सहमतिको प्रस्ताव नेता नेपाललाई बुझाउन कार्यदलमा नेपाल पक्षका संयोजक भिम रावल सहित ओली पक्षका संयोजक सुवास नेम्वाङ र उप महासचिव विष्णु पौडेल नेपाल निवास कोटेश्वर पुगेका थिए ।

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति तयार गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो भने आज वरिष्ठ नेता नेपाललाई बुझाइृएको छ ।

सोमबार अध्यक्ष ओली समूहको स्थायी कमिटी अनौपचारिक बैठक चलिरहेका बेला रावल सहित कार्यदलका सदस्यहरुले बैठक कक्षमै प्रवेश गरेर सहमतिपत्र बुझाएका थिए । ओलीलाई सहमति पत्र बुझाउने बेलामा पनि नेपाल पक्षबाट कार्यदलका संयोजक रावल बालुवाटार पुगेका थिए ।

 

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई