१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा सम्लग्न हुने



बेइजिङ । कोभिड–१९ विरूद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोप कोभोक्स कार्यक्रममा सम्लग्न हुने भएका छन् ।

चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले कोभिड–१९ खोप कार्यान्वयन योजना (कोभाक्स)सँग छुट्टा–छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन् ।

उक्त सन्धि अनुसार विकासोन्मुख देशमा कोभिड–१९ महामारीको रोकथाम र नियन्त्रणका लागि यी दुई कम्पनीले जुलाइदेखि कोभाक्सलाई खोपको आपूर्ति गर्न थालेका छन् । जसले हाल विकासोन्मुख देशमा खोपको अभाव अवस्थालाई कम पार्न र खोपको निष्पक्ष वितरण गर्नका लागि सहयोग पुग्ने विश्वास गरिएको कोभ्याक्स खोप अभियानको मुख्य सहयोगी संस्था गाभीले बताएको छ ।

कोभ्याक्स कार्यक्रममा हालसम्म अस्ट्राजेनेका, मोडेर्ना, फाइजर, जोनसन एण्ड जोनसनलगायत विश्वका ११ खोपकम्पनी जोडिएका छन् ।

सहमतिले डेल्टा भेरिएन्टजस्ता कोभिडका नयाँ रूपले विश्व स्वास्थ्य प्रणालीमा सिर्जना गरेको जोखिमलाई नियन्त्रण गर्न सहयोगी भूमिका निर्बाह गर्नेछ । चीनमा निर्मित दुई खोप सिनोफार्म र सिनोभ्याक्सले तत्कालै एक करोड १० लाख खोप कोभ्याक्स खोप अभियानलाई दिनेछन् भने यसलाई बिस्तारै थप गर्दै जाने सहमति पनि भएको छ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ४ : ५७ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार