१२ बैशाख २०८१, बुधबार | April 24, 2024

ओलीले छोडे बालुवाटार, एमाले कार्यकर्ताद्वारा स्कर्टिङ



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् ।

ओली बालुवाटार छोडेर भक्तपुरको बालकोटस्थित आफ्नै निजी निवासमा सरेका छन् । ओलीले बालुवाटार छोड्नु अघि उनलाई लिन दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले नेता कार्यकर्ताहरु बालुवाटारमा भेला भएका थिए ।

मोटरसाइकल र गाडीको लस्करसहितका एमाले नेता कार्यकर्ताले ओलीलाई बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।

एमालेले दुई दिनअघि मात्र ब्यूँताएको युथ फोर्सले ओलीलाई बालकोटसम्मै स्कर्टिङ गर्ने र भक्तपुरको कौशलटारबाट भव्य नागरिक अभिनन्दन गर्ने बताएको थियो । एमालेका नेता महेश बस्नेतले ओलीलाई स्वागत गर्न सडकमा आउन आफ्ना समर्थकहरुलाई आह्वान गरेका थिए ।

बालुवाटारदेखि भक्तपुरसम्मको सडकमा एमाले नेता कार्यकर्ताहरुको सवारीसाधनसहित बाक्लो उपस्थित हुनेभएपछि ट्राफिक व्यवस्था मिलाउन सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै ओली पदबाट स्वतः बर्खास्तीमा परेका थिए । ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका थिए ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : ४७ बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।