२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

ओलीले छोडे बालुवाटार, एमाले कार्यकर्ताद्वारा स्कर्टिङ



काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास छोडेका छन् ।

ओली बालुवाटार छोडेर भक्तपुरको बालकोटस्थित आफ्नै निजी निवासमा सरेका छन् । ओलीले बालुवाटार छोड्नु अघि उनलाई लिन दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित एमाले नेता कार्यकर्ताहरु बालुवाटारमा भेला भएका थिए ।

मोटरसाइकल र गाडीको लस्करसहितका एमाले नेता कार्यकर्ताले ओलीलाई बालुवाटारबाट स्कर्टिङ गरेका छन् ।

एमालेले दुई दिनअघि मात्र ब्यूँताएको युथ फोर्सले ओलीलाई बालकोटसम्मै स्कर्टिङ गर्ने र भक्तपुरको कौशलटारबाट भव्य नागरिक अभिनन्दन गर्ने बताएको थियो । एमालेका नेता महेश बस्नेतले ओलीलाई स्वागत गर्न सडकमा आउन आफ्ना समर्थकहरुलाई आह्वान गरेका थिए ।

बालुवाटारदेखि भक्तपुरसम्मको सडकमा एमाले नेता कार्यकर्ताहरुको सवारीसाधनसहित बाक्लो उपस्थित हुनेभएपछि ट्राफिक व्यवस्था मिलाउन सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गत सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई संविधानको धारा ७६ ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसँगै ओली पदबाट स्वतः बर्खास्तीमा परेका थिए । ओलीले मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका थिए ।

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १२ : ४७ बजे

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल

कपिलवस्तुमा बस दुर्घटना हुँदा २६ जना घाइते

कपिलवस्तु । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

भोजपुर । वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन-जङ्गल यतिबेला

बेनीमा ‘वडा पर्यटन परियोजना’

म्याग्दी । बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ