८ बैशाख २०८१, शनिबार | April 20, 2024

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि ५ अर्ब निकासा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न पाँच अर्ब रुपैयाँ निकासा गरेका छन् ।

बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्रीको पदभार ग्रहण गर्दै शर्माले कोरोना विरुद्धको खोपका लागि पाँच अर्ब रकम निकासा गर्ने पहिलो निर्णय गरेका हुन् ।

परभार ग्रहणपछि मन्त्री शर्माले भने, सरकारको पहिलो जिम्मेवारी जनताको जीवन रक्षा गर्नु हो । कोरोना महामारीमा जनताको जीवन रक्षा गर्न सरकार केन्द्रित हुन्छ ।’ मंगलबार मात्रै गठन भएको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आगामी चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो । बैठकले हालसम्म कोरोना नियन्त्रणमा भएको खर्च रकम सार्वजनिक समेत गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्री शर्माले स्वास्थ्यकर्मीहरुलाई जोखिमभक्तका लागि समेत रकम निकासा स्वीकृत गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ०३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु