११ श्रावण २०८३, सोमबार | July 27, 2026

अर्थमन्त्री शर्माको पहिलो निर्णय : खोप खरिदका लागि ५ अर्ब निकासा



काठमाडौं । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न पाँच अर्ब रुपैयाँ निकासा गरेका छन् ।

बुधबार अर्थमन्त्रालयमा अर्थमन्त्रीको पदभार ग्रहण गर्दै शर्माले कोरोना विरुद्धको खोपका लागि पाँच अर्ब रकम निकासा गर्ने पहिलो निर्णय गरेका हुन् ।

परभार ग्रहणपछि मन्त्री शर्माले भने, सरकारको पहिलो जिम्मेवारी जनताको जीवन रक्षा गर्नु हो । कोरोना महामारीमा जनताको जीवन रक्षा गर्न सरकार केन्द्रित हुन्छ ।’ मंगलबार मात्रै गठन भएको देउवा सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले आगामी चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो । बैठकले हालसम्म कोरोना नियन्त्रणमा भएको खर्च रकम सार्वजनिक समेत गर्ने निर्णय गरेको थियो ।

अर्थमन्त्री शर्माले स्वास्थ्यकर्मीहरुलाई जोखिमभक्तका लागि समेत रकम निकासा स्वीकृत गरेका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १ : ०३ बजे

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच