६ बैशाख २०८१, बिहिबार | April 19, 2024

बर्दियामा ६ महिनामा २० जना बालिका माथि यौनशोषण



बर्दिया । बर्दियामा विगत ६ महिना यता २० ओटा बलत्कार र बलत्कार प्रयासका घटना भएको तथ्याङ्क बाहिर आएको छ । अनौपचारीक सेवा केन्द्र (इन्सेक) बर्दियाले मानव अधिकार बर्ष पुस्तकको अर्धबार्षिक समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।

इन्सेकका बर्दिया प्रतिनीधि मानबहादुर चौधरीका अनुसार गत सन् २०२१ जनवरी देखि जुनसम्म बर्दिया जिल्लामा बालबालिका बलात्कार तथा बलात्कार प्रयासका घटना २० ओटा, महिला बलात्कार ६ , महिला माथि दुरब्यवहार तिन, बालविवाह एक, बहुविवाह सात, जातिय छुवाछुत एक , बोक्सीको आरोप एक गरी ४० वटा रहेका छन् ।

मानवअधिकार संग सम्बन्धीत घटनाको विवरण प्रस्तुत गर्दै चौधरीले कानुनी दायरामा आएका घटना बाहेक कतिपय घटनाहरु गाउँघर मै मिलाउने गरीएको बताए । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी उपरिक्षक इश्वर कार्कीले प्रहरीले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले महिला, बालबालिका, जेष्ठ नागरिकको समस्या समाधान गर्न केन्द्र देखि इलाका प्रहरी कार्यालय तहसम्म यूनिट नै स्थापना गरी काम गरिरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु माथि हुने बलात्कार लगायत घटनामा बृद्धि हुनु चिन्ताको विषय भएको बता्एका छन् । बालविवाह निरन्तर भइरहेको अवस्था भएपनि सरकारी तथा गैरसरकारी सरोकारवालाहरुबाट एकिन तथ्याङ्क आउन नसकेको बताएका थिए । कोविड—१९ को महामारीको कारण बिद्यालय बन्द हुँदा बालबालिकाहरुले शिक्षा लिनबाट बन्चित हुन परेको अवस्थालाई पनि मानवअधिकारको कोणबाट अभिलेख गर्न पर्ने सहभागीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ४१ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी