१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

बर्दियामा ६ महिनामा २० जना बालिका माथि यौनशोषण



बर्दिया । बर्दियामा विगत ६ महिना यता २० ओटा बलत्कार र बलत्कार प्रयासका घटना भएको तथ्याङ्क बाहिर आएको छ । अनौपचारीक सेवा केन्द्र (इन्सेक) बर्दियाले मानव अधिकार बर्ष पुस्तकको अर्धबार्षिक समिक्षा कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक भएको हो ।

इन्सेकका बर्दिया प्रतिनीधि मानबहादुर चौधरीका अनुसार गत सन् २०२१ जनवरी देखि जुनसम्म बर्दिया जिल्लामा बालबालिका बलात्कार तथा बलात्कार प्रयासका घटना २० ओटा, महिला बलात्कार ६ , महिला माथि दुरब्यवहार तिन, बालविवाह एक, बहुविवाह सात, जातिय छुवाछुत एक , बोक्सीको आरोप एक गरी ४० वटा रहेका छन् ।

मानवअधिकार संग सम्बन्धीत घटनाको विवरण प्रस्तुत गर्दै चौधरीले कानुनी दायरामा आएका घटना बाहेक कतिपय घटनाहरु गाउँघर मै मिलाउने गरीएको बताए । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी उपरिक्षक इश्वर कार्कीले प्रहरीले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले महिला, बालबालिका, जेष्ठ नागरिकको समस्या समाधान गर्न केन्द्र देखि इलाका प्रहरी कार्यालय तहसम्म यूनिट नै स्थापना गरी काम गरिरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।

कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु माथि हुने बलात्कार लगायत घटनामा बृद्धि हुनु चिन्ताको विषय भएको बता्एका छन् । बालविवाह निरन्तर भइरहेको अवस्था भएपनि सरकारी तथा गैरसरकारी सरोकारवालाहरुबाट एकिन तथ्याङ्क आउन नसकेको बताएका थिए । कोविड—१९ को महामारीको कारण बिद्यालय बन्द हुँदा बालबालिकाहरुले शिक्षा लिनबाट बन्चित हुन परेको अवस्थालाई पनि मानवअधिकारको कोणबाट अभिलेख गर्न पर्ने सहभागीहरुले बताएका छन् ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  १० : ४१ बजे

राष्ट्रपति पौडेलद्वारा प्रथमराष्ट्रपति यादव र उपराष्ट्रपति झासँग छलफल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिकाको कप्तानगन्जसहित तराई(मधेसका

तराई-मधेशका हिंसात्मक घटनामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुनसरी, सिरहालगायत तराई-मधेशका विभिन्न

भैरहवाबाट ठुलो परिमाणको भारतीय नक्कली नोट सहित २ जना पक्राउ

बुटवल । रुपन्देहीको भैरहवाबाट ठुलो परिणाममा नक्कली भारतीय नोट सहित

वीरगन्जमा सद्भाव र्‍याली

वीरगन्ज । सामाजिक सद्भाव कायम गर्न वीरगन्जमा सर्वदलीय, सर्वपक्षीय सद्भाव

सामाजिक एकता र सद्भाव कायम राख्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सुनसरीको देवानगञ्ज गाउँपालिकालगायत पूर्वी