७ श्रावण २०८३, बिहिबार | July 23, 2026

फ्रान्समा कोरोनाविरुद्वको नयाँ स्वास्थ्य मापदण्डको विरोध प्रदर्शन



एजेन्सी । सरकारले जारी गरेको कोभिड-१९ विरुद्धको नयाँ स्वास्थ्य मापदण्डलाई फ्रान्सेली जनताले विरोध गरेका छन् ।

राष्ट्रपति इम्यानुयल म्याक्रोंनले बार, रेष्टुरेन्टहरू र सिनेमाघरहरूमा प्रवेश गर्न खोप लगाएको प्रमाणपत्र वा पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक पर्ने प्रावधानलाई अघि बढाउन खोजेपछि विरोध भएको छ ।

सरकारी योजनाविरूद्ध उत्रिएका प्रदर्शनकारीहरू र प्रहरीबीच झडप पनि भएको छ । प्रदर्शनकारीहरूको भीड रोक्न प्रहरीले अस्रु ग्यांस प्रयोग गर्नु परेको थियो ।

राष्ट्रपति म्याक्रोनले कोरोना भाइरसविरुद्व लड्न स्वास्थ्यकर्मीहरूलाई अनिवार्य खोप लगायत आम जनताका लागि नयाँ स्वास्थ्य नियमको घोषणा गरेका थिए ।

राष्ट्रपति म्यांक्रोका आलोचकहरुले शपिंग मल्ल, क्याफे, बार र रेष्टुरेन्टहरूमा स्वास्थ्य पास जाँचको व्यवस्थाले मानिसको स्वतन्त्रतालाई कुल्चेको आरोप लगाएका छन् ।

खोपको अनिवार्यता सरकारको मनमानी र पूर्ण अलोकतान्त्रिक व्यवहार भन्दै उनीहरुले सच्याउन आग्रह गरेका छन् । उता राष्ट्रपति म्याक्रोंनले भने खोपले फ्रान्सलाई सामान्य स्थितिमा ल्याउने उत्तम तरिका भएको दाबी गरेका छन् ।

सकेसम्म धेरै व्यक्तिलाई खोप लिन प्रोत्साहित गरिरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ७ : ३० बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी