१९ बैशाख २०८१, बुधबार | May 2, 2024

माछापुच्छ्रे बैंकले जारी गर्यो ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र



काठमाडौ । माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गरेको छ । बैंकले असार ३१ गते बिहिबार देखि रु.१,००० अङ्कित दरले ३०,००,००० कित्ता ऋणपत्र जारी गरेको हो ।
वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी बैंकले जनाएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल रु. १ अर्व २० करोड ऋणपूजी रकम (५% अर्थात ६०,००० कित्ता सामुहिक लगानी कोषका लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल रु. १ अर्ब ८० करोड ऋणपूँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।

ऋणपत्रले ICRANP-IR @A२ रेटिङ्ग प्राप्त गरेको छ । ICRA Nepal िले प्रदान गर्ने उक्त रेटिङ्गले माछापुच्छ्रे बैंक लिमिटेड लगानीका लागि जोखिममुक्त बैंक रहेको जनाउदँछ । बैंकको ऋणपत्रमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो शेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : ५८ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी