१९ असार २०८३, शुक्रबार | July 3, 2026

सत्तापक्ष एमाले बैठकमा नफर्के पछि शुक्रबार १ बजे सम्मका लागि लुम्बिनी प्रदेशसभा बैठक स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभामा सत्तापक्षबाट बैठक बहिस्कार गरेपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मन्त्री र मुख्यमन्त्रीबाट जवाफ समेत दिईसकेपछि मतदान प्रक्रिया शुरु हुनै लागेका बेला सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेर बाहिरिएको थियो ।

सभामुख पुर्ण घर्तीले छलफलका लागि आधा घण्टा बैठक स्थगित गरेपनि बैठकमा एमाले सहभागि हुने अवस्था नदेखिएपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ । सत्तापक्षबाटै संसदीय सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रिया शुरु हुन लाग्दा बैठक छाडेर हिँड्नुलाई प्रदेशसभाका सभामुख घर्तीले ऐतिहासिक क्षण भनेका छन् ।

असार मसान्त भित्र बजेट प्रदेशसभाबाट पास गराएर साउन १ गतेबा६ कार्यान्वयनमा जानुपर्नेमा आजकाे बैठकबाट बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशकाे बजेट नै अलपत्र परेकाे छ ।

बैठकमा फर्कन नमानेपछि प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ३१ बजे

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र