१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

सत्तापक्ष एमाले बैठकमा नफर्के पछि शुक्रबार १ बजे सम्मका लागि लुम्बिनी प्रदेशसभा बैठक स्थगित



बुटवल । लुम्बिनी प्रदेशसभामा सत्तापक्षबाट बैठक बहिस्कार गरेपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मन्त्री र मुख्यमन्त्रीबाट जवाफ समेत दिईसकेपछि मतदान प्रक्रिया शुरु हुनै लागेका बेला सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेर बाहिरिएको थियो ।

सभामुख पुर्ण घर्तीले छलफलका लागि आधा घण्टा बैठक स्थगित गरेपनि बैठकमा एमाले सहभागि हुने अवस्था नदेखिएपछि शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित गरिएको छ । सत्तापक्षबाटै संसदीय सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रिया शुरु हुन लाग्दा बैठक छाडेर हिँड्नुलाई प्रदेशसभाका सभामुख घर्तीले ऐतिहासिक क्षण भनेका छन् ।

असार मसान्त भित्र बजेट प्रदेशसभाबाट पास गराएर साउन १ गतेबा६ कार्यान्वयनमा जानुपर्नेमा आजकाे बैठकबाट बजेट पास हुन नसकेपछि लुम्बिनी प्रदेशकाे बजेट नै अलपत्र परेकाे छ ।

बैठकमा फर्कन नमानेपछि प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले सूचना टाँसेर बैठक स्थगित गरेका छन् ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ६ : ३१ बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु