७ चैत्र २०८२, शनिबार | March 21, 2026

पूर्व मन्त्री कृष्णगोपाल श्रेष्ठ माथि अनुसन्धान अगाडि बढाउन सर्वोच्चको अन्तरिम आदेश



काठमाडौं । जातीय विभेद गरी कोठा नदिएको आरोप लागेकी घरबेटीलाई सत्ताको बलमा छुटाएर घर पु¥याईदिएका पूर्वमन्त्री एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठविरुद्ध उजुरी दर्ता गरि अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले
अन्तरिम आदेश दिएको छ ।

पूर्वमन्त्री श्रेष्ठविरुद्ध रुपा सुनारले दर्ता गराएकी रिट निवेदनको बिहीबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले सुनारले प्रहरीमा दिएको जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न गराउन अन्तरिक आदेश दिएको हो ।

‘निवेदिकाले सरस्वती श्रेष्ठविरुद्ध दायर गरेको जाहेरी दरखास्त अनुसन्धानकै क्रममा रहेको र निज सरस्वती श्रेष्ठ हिरासत मुक्त हुँदाको अवस्थामा मन्त्रीको सार्वजनिक पदमा बहाल रहेका विपक्षी कृष्णगोपाल श्रेष्ठ उपस्थित भई हिरासतबाट निजलाई मन्त्रीको सरकारी सवारी साधनमा लगेको’ भन्ने मिसिलबाट देखिएका आदेशमा उल्लेख छ ।

‘न्यायाधीश राउत र सुवेदीको इजलासले आदेशमा सार्वजानिक पदमा बहाल रहेका ब्यक्तिले अभियुक्त छुटाउन दवाव दिने जस्तो कार्यले मुद्दाको अनुसन्धान प्रक्रिया प्रभावित तुल्याएको भनी रुपाले पूर्व मन्त्री श्रेष्ठविरुद्ध दिएको जाहेरी दरखास्त दिएकोमा सो दरखास्त समेत रितपूर्वक दर्ता भएको नपाइएको भन्दै सो जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्नु गराउन सर्वोच्चको आदेशमा भनिएको छ ।

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  १० : ५१ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान