७ श्रावण २०८३, बिहिबार | July 23, 2026

५.०९ प्रतिशतले लगाए पूर्ण खोप



काठमाडौं । नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५।०९ प्रतिशतले मात्र खोप प्राप्त गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई खोप लगाइने योजना बनाएकोमा ११ लाख ८ हजार ८ सय ६८ जनाले खोपको पूर्ण मात्रा लगाएका छन् ।

४ लाख ६० हजार ७ सय ३४ जनाले कोभिसिल्ड र ६ लाख ४८ हजार १ सय ३४ जनाले भेरोसिलको दोस्रो मात्रा ९पूर्ण खोप० लगाएका छन् । यस्तै, २६ लाख २१ हजार ४ सय ७६ जनाले खोपको पहिलो मात्रा लगाएका छन् । १८ लाख २८ हजार ४ सय ८४ जनाले कोभिसिल्ड र ७ लाख ९२ हजार ९ सय ९२ जनाले भेरोसिल खोपको पहिलो मात्रा लगाएका छन् ।

हालसम्म झन्डै ५८ लाख मात्रा कोरोना संक्रमणविरुद्धको खोप नेपाल भित्रिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत ८ माघ २०७७ देखि हालसम्म ५७ लाख ८२ हजार ८ सय ५० मात्रा खोप नेपाल भित्रिएको हो । जसअन्तर्गत भारतबाट २४ लाख ४८ हजार मात्रा, चीनबाट १८ लाख मात्रा र अमेरिकाबाट १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एन्ड जोनसनको खोप प्राप्त भएको ।

४ गतेदेखि जोन्सन एन्ड जोन्सनको खोप

कोभ्याक्स फ्यासिलिटीअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने भएको छ ।

यस्तै, उक्त खोप पूर्ण र अति अशक्त अपांगता ९वर्ग क र ख० भएका नागरिकहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र यसअघि खोप लगाउन छुटेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीलाई समेत दिने भएको छ । एक मात्रा लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको खोप काठमाडौं जिल्लामा ४ साउनदेखि लगाइँदै छ ।

यस्तै, देशभर बिहीबार थप २ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २ सय ५६ जना पीसीसार परीक्षण गर्दा १ हजार ७ सय ८२ र ४ हजार ५ सय १२ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर बिहीबार थप १ हजार ७ सय ५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म ९ हजार ४ सय ६३ जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २६ हजार ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै, ६ सय २ जना आईसीयूमा र १ सय ७१ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । देशभर २ सय ९२ जना क्वारेन्टाइनमा रहेका छन् । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ६ : ३८ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी