७ श्रावण २०८३, बिहिबार | July 23, 2026

असारे विकासका नाममा मनलाग्दी खर्च



काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् ।

असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ ।

चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प्रशासनिक र विकासतर्फ गरी २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यसरी भएको खर्चको सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । अनुगमन नहुँदा नै विकासका नाममा अनावश्यक खर्च हुने क्रम बढेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विगतका वर्षहरूमा जसरी नै यसवर्ष पनि पछिल्ला दिनमा सरकारी निकायको खर्च ह्वात्तै बढेको हो ।

जसअनुसार बुधबार एकै दिन २९ अर्बभन्दा बढी खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार बिहीबार भने सरकारी खर्च भुक्तानी सम्बन्धमा कुनै काम भएन । महालेखा नियन्त्रकको कार्यालयले बिहीबार हिसाब मिलानको काम मात्रै गरेको थियो । भुक्तानीका सबै प्रक्रिया बुधबार नै सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार अन्तिम दिन पुँजीगत (विकास बजेट) तर्फ खर्चको बाढी आएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम पाँच दिनमा मात्र ३७ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा मनलाग्दी खर्च गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै सरकारी निकायले पछिल्लो ५ दिनमा ३७ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुँजीगत खर्च गरेका छन् । कार्यालयका अनुसार सरकारले बुधबार मात्रै १५ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ तर चालू खर्चसमेत जोड्दा यो तथ्यांक २९ अर्बभन्दा माथि पुगेको कार्यालयले जनाएको छ ।

यस्तै, सरकारी निकायले पुँजीगततर्फ मंगलबार ८ अर्ब १८ करोड ९२ लाख रुपैयाँ खर्च गरेका थिए । यस्तै, सोमबार ६ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खर्च भएको थियो भने आइतबार ३ अर्ब ५० करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । गत शुक्रबार ३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बुधबारसम्ममा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन लक्ष्यको ६४.५३ प्रतिशत हो । समग्रमा भने कुल ९१.१९ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ८०.०३ प्रतिशत मात्रै खर्च भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : २८ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी