१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

असारे विकासका नाममा मनलाग्दी खर्च



काठमाडौं । सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् ।

असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ ।

चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प्रशासनिक र विकासतर्फ गरी २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । त्यसरी भएको खर्चको सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । अनुगमन नहुँदा नै विकासका नाममा अनावश्यक खर्च हुने क्रम बढेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विगतका वर्षहरूमा जसरी नै यसवर्ष पनि पछिल्ला दिनमा सरकारी निकायको खर्च ह्वात्तै बढेको हो ।

जसअनुसार बुधबार एकै दिन २९ अर्बभन्दा बढी खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार बिहीबार भने सरकारी खर्च भुक्तानी सम्बन्धमा कुनै काम भएन । महालेखा नियन्त्रकको कार्यालयले बिहीबार हिसाब मिलानको काम मात्रै गरेको थियो । भुक्तानीका सबै प्रक्रिया बुधबार नै सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार अन्तिम दिन पुँजीगत (विकास बजेट) तर्फ खर्चको बाढी आएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम पाँच दिनमा मात्र ३७ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा मनलाग्दी खर्च गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै सरकारी निकायले पछिल्लो ५ दिनमा ३७ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुँजीगत खर्च गरेका छन् । कार्यालयका अनुसार सरकारले बुधबार मात्रै १५ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ तर चालू खर्चसमेत जोड्दा यो तथ्यांक २९ अर्बभन्दा माथि पुगेको कार्यालयले जनाएको छ ।

यस्तै, सरकारी निकायले पुँजीगततर्फ मंगलबार ८ अर्ब १८ करोड ९२ लाख रुपैयाँ खर्च गरेका थिए । यस्तै, सोमबार ६ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खर्च भएको थियो भने आइतबार ३ अर्ब ५० करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । गत शुक्रबार ३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बुधबारसम्ममा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन लक्ष्यको ६४.५३ प्रतिशत हो । समग्रमा भने कुल ९१.१९ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ८०.०३ प्रतिशत मात्रै खर्च भएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : २८ बजे

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर

ओलीले भने- इलामको विकासको जिम्मा सुहाङले लिन्छन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको विकासको

मतदाताको शिर झुक्न दिने छैन : सांसद नेम्बाङ

इलाम । इलाम क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो

टोकियो । जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष २०२३ मा