१९ माघ २०८२, सोमबार | February 2, 2026

लुम्बिनी प्रदेश प्रमुख यादवबाट अर्थ र विनियोजन अध्यादेश जारी



बुटवल । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा २ वटा अध्यादेश जारी गरेका छन् । प्रदेश सरकारको आज बिहान बसेको मन्त्रिपरिषदले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख यादवले ‘लुम्बिनी प्रदेश विनियोजन अध्यादेश, २०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश, २०७८’  जारी गरेका हुन् ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बैजनाथ चौधरीका अनुसार राजकाज नै नचल्ने गरि अवरोध आएपनि अध्यादेश ल्याउनु परेको बताए । उनले आजैबाट प्रदेशभरी भैपरि आउने खर्च र उठाउनु पर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनु परेको बताए ।

प्रदेशसभामा बजेट पास हुने अवस्था नदेखेपछि बिहिबार मुख्यमन्त्री शंकर पोखरेलको अगुवाईमा सत्तापक्ष एमालेले प्रदेशसभा बैठक बहिस्कार गरेको थियो । बजेटका सम्बन्धमा छलफलका सबै प्रक्रिया पुरा गरेर मतदानको चरणमा प्रवेश गर्नु अघि प्रदेश सरकारका मन्त्रीहरु र सांसदहरुले बैठक छाडेर हिँडे पछि आज(शुक्रबार) १ बजे सम्मका लागि सभामुख पुर्ण घर्तीले बैठक सारेका थिए ।

बजेटका लाथि थप समय मागेको सत्तापक्षले छलफलमै नबसी मध्यराती चालु अधिवेशन अन्त्य गरेको छ भने बिहनै २ वटा अध्यादेश जारी गरेको छ ।

सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याईएको मन्त्री चाैधरीले बताए ।

 

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५४ बजे

खुल्यो जमुनाहा नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवागमन

नेपालगन्ज । जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत सुरु

ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ । दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

खुम्च्यो स्वास्थ्य बीमाको सेवा, ओपीडी सेवामा वर्षमा २५ हजार मात्र भुक्तानी हुने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले पाउँदै आएको बीमा सेवालाई

भोटाहिटीस्थित साइबर ब्युरोको भवन महानगरलाई दिने गृह मन्त्रालयको निर्णय

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं महानगरपालिका-२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर

पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाडौं । उपचारका क्रममा आइतबार मध्याह्न काठमाडौंको ग्रान्डी अस्पतालमा निधन