२६ बैशाख २०८१, बुधबार | May 9, 2024

नेपालमा विभिन्न कार्यक्रम गरि विश्व एक्वेटिक दिवस मनाईँदै



काठमाडौं । विश्व पौडी महासंघ (फिना) को आव्हानमा नेपाल पौडीले विभिन्न कार्यक्रम गरी विश्व एक्वेटिक दिवस मनाएको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न जिल्लामा जुलाई १५ देखि १८ तारिखसम्म दिवस मनाइने पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले जनाएका छन् ।

बिहीबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको हिटिङ पौडी पोखरीमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरे । सोही अवसरमा अध्यक्ष वज्राचार्यले फिनाको झण्डा झण्डोत्तोलन गरेका थिए ।

विगतमा दिवसका अवसरमा प्रतियोगिता आयोजना गरिने गरेकोमा यसपटक कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गरी थोरै संख्याको उपस्थितिमा स्वास्थ्य मापदण्ड पालना गरी कार्यक्रम आयोजना गरिएको अध्यक्ष वज्राचार्यले जानकारी गराए । कार्यक्रमका अवसरमा राष्ट्रिय खेलाडीलगायत भेट्रान खेलाडीले प्रदर्शनी खेल पनि प्रस्तुत गरेका थिए ।

दिवसकै अवसरमा जुलाई १७ मा काठमाडौंको द बेस्ट भेन्यु र धन्यन्तरीमा कार्यक्रम आयोजना गरिने छ । त्यसै दिन पोखरा, विराटनगर र इटहरीमा पनि कार्यक्रम हुने छ । जुलाई १८ मा नेपालगन्जमा कार्यक्रम हुने भएको छ ।

त्यसअघि सदस्य–सचिव सिलवालले पौडी खेलाडीका लागि स्थापना गरिएको जिम हलको उद्घाटन गरे । पौडी संघको पहलमा फिनाले जिम हल स्थापनाका लागि सहयोग गरेको अध्यक्ष वज्राचार्यले जनाएका छन् । जिम हलमा करिब २० लाख बराबरको सामाग्री राखिएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : ५४ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s