७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मौद्रिक नीति ढिलो आउने संकेत !



काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ ।

शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने जानकारी गराएका हुन् । अहिले आफू अर्थतन्त्रको अध्ययनकै चरणमा रहेको बताउँदै अर्थमन्त्री शर्माले भने, ‘अब हामीले छिट्टै मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेटिएको श्वेतपत्र ल्याउछौं ।’

अर्थमन्त्री शर्माका अनुसार मन्त्रालयले हालसम्मको अर्थतन्त्रको समग्र अवस्था र आगामी कार्य योजनासहितको भिजन समेटेर श्वेतपत्र ल्याइनेछ । उनले हालसम्म आर्थिक अवस्थाको सूचकांकले देखाएको स्थितिलाई श्वेतपत्रमा समेटिने जानकारी दिए ।

मन्त्री शर्माले मातहतका मन्त्रालयका सचिव र सम्बन्धित विभागका कर्मचारीलाई श्वेतपत्रको तयारी गर्न आग्रह गरिसकेको जानकारी गराउँदै आगामी श्वेपतत्रलाई आधार बनाएर सरकारको रणनीति तय हुने बताए ।

उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत १५ जेठमा ल्याएको नयाँ बजेट अध्यादेश आगामी आइतबार प्रतिनिधिसभामा टेबुल हुने जानकारी दिए । बजेट अध्यादेश अब संसद्को बिजनेस भएको बताउँदै अर्थमन्त्री शर्माले सो अध्यादेशबारे संसद्ले नै आवश्यक निर्णय गर्ने बताए । सर्वोच्च अदालतबाट पुनस्र्थापित संसद् बैठक आगामी ३ साउनमा बोलाइएको छ । सोहीअनुरूप आगामी आइतबार अपराह्न ४ बजेदेखि दुवै संसद्को बैठक बस्ने छ ।

यसैगरी, अर्थमन्त्री शर्माले हाल आफूले अर्थ मन्त्रालय र मातहतका निकायको जानकारी लिइरहेको र सम्बन्धित विभागसँगको समन्वयमा आवश्यक जानकारी लिइरहेकाले मौद्रिक नीति ढिलो आउने संकेत गरे ।

अघिल्लो सरकारले साउनको पहिलो साता मौद्रिक नीति सार्वजनिक हुने बताएको भए पनि उनले यो सरकारले आगामी मौद्रिक नीति ल्याउन हतार नगर्ने र केही समय ढिलो गरेर मात्रै मौद्रिक नीति ल्याइने बताए । शुक्रबारदेखि सुरु भएको नयाँ आवका लागि मौद्रिक नीतिको तयारी राष्ट्र बैंकले गर्ने भनिए पनि सरकारको निर्देशनमा मात्रै मौद्रिक नीति आउने गर्छ । अर्थ मन्त्रालयको आवश्यक समन्वय र निर्देशनमा मौद्रिक नीति आउने जानकारी गराउँदै उनले मौद्रिक नीति राष्ट्र बैंकले ल्याउने भए पनि विभागीय मन्त्रीसँगको समन्वयमा मात्रै आउने जनाए ।

त्यसैगरी, अर्थमन्त्री शर्माले पुँजीबजार जनताको हितमा भएको बताए । उनले अहिले राजस्व संकलनको ठूलो स्रोत भएका कारण पुँजीबजार महत्वपूर्ण क्षेत्र बनेको बताए । अर्थ मन्त्रालयका अनुसार पुँजीबजारबाट गत आवमा मात्र १४ अर्ब राजस्व संकलन भएको छ ।

मन्त्री शर्माले विश्वासको मत नपाएसम्म पूरक बजेट नआउने बताए । उनले हालको जटिल अवस्थाबीच सर्वोच्च अदालतले पदस्थापन गरिदिएको शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारले तत्काल पूरक बजेट नल्याउने जनाए । विस्तृत समाचार आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ७ : ०८ बजे

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध

चार लाख भारतीय रकमसहित पक्राउ

नेपालगन्ज । प्रहरीले अवैध कारोवारमा संलग्न भएका आरोपमा नेपालगञ्जस्थित बसपार्क

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी