१ पुस २०८२, मंगलबार | December 17, 2025

सुन्तला कृषकको बगैंचामा पुगेर महानगरको अनुदान वितरण



पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाले चालू आवको अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा-२१ फेदीपाटनस्थित कृषकको बगैंचामा पुगेर चालू आवको अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश कृषि निर्देशनालयका निर्देशक वासु रेग्मीले कृषकलाई अनुदान रकम वितरण गर्दै सुन्तलाको शत्रुको रुपमा फैलिएको सिक्टस ग्रिनीङजस्तो भाइरसबाट बोट बचाउनका लागि बोडोपेस्ट र बोडो मिक्स्चर स्प्रे रामवाणको रुपमा रहेको बताए ।

सुन्तला बगैंचाको राम्रो व्यवस्थापनसँगै आवश्यक कीटनाशक औषधि मापदण्डअनुसार प्रयोग गर्ने हो भने ५० प्रतिशत रोग लागेका बोटलाई थप ५ वर्षसम्म बचाएर उत्पादनसमेत लिन सकिने बताउँदै उनले बाहिरबाट खरिद गरेर ल्याएको बिरुवामा रोगको संक्रमण फैलिन सक्ने हुँदा कलमीतर्फ ध्यान दिन कृषकलाई सुझाव दिए ।

कार्यक्रममा सो क्षेत्रमा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने कृषक प्रकाश पौडेलले रोगसहित असिना, जंगली जनावर लगायतबाट कृषकले ठूलो क्षति व्यहोर्दै आएको बताउँदै स्थानीय तहबाट उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याए । ४ दशकअघि आफ्ना बुवाले शुरू गरेको व्यावसायिक सुन्तलाखेतीबाट अहिलेसम्म जीविकोपार्जन हुँदै आएको बताउँदै उनले लगभग ४० रोपनी जग्गामा ६०० भन्दा बढी बोटले उत्पादन दिँदै आएको जानकारी दिए ।

सुन्तला बिक्रीबाट समय राम्रो हुँदा ८ लाखसम्म आम्दानी गरेका उनले अघिल्लो वर्ष बारम्बार परेको असिनाको कारण १ लाख रुपैयाँमा चित्त बुझाउनुपरेको दुखेसो सुनाए । उनले सुन्तला बगैंचा व्यवस्थापन एवं सुदृढ गरेबापत यस वर्ष ६० हजार २०० रुपैयाँ नगद प्राप्त गरेका थिए ।

कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो १ दशकयता सुस्ताउँदै आएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुर लगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन, मास्पाटन लगायतका स्थानमा भने अझै पनि फल्दै आएका छन् । रासस

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ४६ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष