१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

भारतमा कोरोना महामारीको तेस्रो लहरको खतरा, ‘आउँदो १०० दिनमा बढी जोखिम’



नयाँ दिल्ली । भारत सरकारले कोभिड-१९ महामारीको तेस्रो लहरको खतरा रहेको जनाएको छ ।

सरकारले नै भारतमा महामारीको तेस्रो वेभ आउन सक्ने जनाएको हो । सरकारले नागरिकहरुलाई महामारीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएको हो ।

भारत सरकारको स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्ने निकाय नेसनल इन्स्टिच्युट फर ट्रान्सफरमिङ इन्डियाका सदस्य भीके पाउलले सो चेतावानी दिएका हुन् । उनले अहिलेको अवस्थामा थप सतर्कता अपनाउने र आवश्यक तयारी नगर्ने हो भने भारतमा तेस्रो वेभको खतरा रहेको र त्यो वेभ आगामी १०० देखि करिब १२५ दिनमा आउन सक्ने बताएका छन् ।

उनले भनेका छन्, “हाम्रो जनसंख्या धेरै छ र यसका कारण यहाँको अवस्था निकै खतरा पनि हुनसक्छ र हामीले यस विषयमा आवश्यक सतर्कता अपनाउन सकेर्नौँ भने यसले हामीलाई ठूलो क्षति दिन सक्नेछ ।” हालै विश्व स्वास्थ्य संगठनले कोभिड-१९ को विश्वको अवस्थाको मूल्यांकन गर्दै आगामी दिनमा पनि यो चुनौती रहेको जनाएको थियो ।

विश्व स्वास्थ्य संगठनले पनि अहिले विश्वका कतिपय देशमा देखिएको यो महामारीविरुद्धको सतर्कताको अवस्था हेर्दा त्यो पर्याप्त नभएको र आवश्यक मात्रामा आगामी दिनमा थप सतर्कता अपनाउनुपर्ने जनाएको थियो ।

यसअघि पनि भारतका अधिकारीहरुले आगामी अगष्ट महिनाको अन्त्यतिरबाट भारतमा कोभिड-१९ को तेस्रो वेभ आउन सक्ने खतरा रहेको बताउँदै आएका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ४६ बजे

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत