१ पुस २०८२, मंगलबार | December 16, 2025

भरतपुर क्यान्सर अस्पतालमा ईएचएस सेवा पुनः सुरु



चितवन । कोभिडका कारण बन्द रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको ईएचएस र बिहानी सभा नियमित हुने भएको छ । कोरोनाको पहिलो लहरसँगै बन्द रहेका यी सेवा पुनः सुरु हुने भएको हो ।

अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माका अनुसार ईएचएस लगायतका कोरोनाका कारण बन्द रहेका सेवा आजदेखि नियमित हुने छन । उनले सम्बन्धित विभाग, शाखा, एकाइ र मातहतका सम्पूर्ण कर्मचारीलाई सोहीअनुसार सेवा प्रवाह गरी बिरामीलाई सेवा प्रदान गर्न सूचित गरिएको बताए ।

उनका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा ईएचएस सेवा दिइएको थियो। हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उनले जानकारी दिए । आइतबारबाट सबै विभागमा पूर्ववत् अवस्थामा ईएचएस सेवा सञ्चालनमा आउनेछ । कार्यालय समयबाहेकको समयमा अतिरिक्ति शुल्क लिएर दिइने सेवा ईएचएस सेवा हो ।

यसैगरी अस्पतालमा बिहानी सत्रमा सञ्चालन हुँदै आएको बिहानी सभा (मर्निङ कन्फ्रेन्स) कोभिड-१९ महामारीका कारणले केही समयदेखि बन्द रहेकामा भोलि सोमबारदेखि नियमित गरिएको छ ।

प्रत्येक दिन बिहान ठीक ९ बजे सञ्चालन हुने उक्त सभामा सहभागी हुन सबै चिकित्सकलाई जानकारी गराइसकिएको उपनिर्देशक डा. शर्माले बताए । उनले महामारी विस्तारै न्यून हुँदै गएकाले सभा नियमित गरिएको बताए । ‘क्यान्सरका बिरामीको उपचारमा सहजता ल्याउन र मेडिकलसम्बन्धी अन्य छलफल गरी उपचार प्रणालीलाई प्रभावकारी बनाउने सभा गरिँदै आएको छ,’ उनले भने ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : ५२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा