७ आश्विन २०८३, बुधबार | September 23, 2026

हेलिकप्टरमार्फत् उत्तरी गोरखामा पुर्‍याइयो कोरोनाविरुद्धको खोप



गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा हेलिकप्टरमार्फत् कोरोनाविरुद्धको खोप पुर्‍याएको छ ।

मौसम खराबीका कारण यसअघि नै पुर्‍याउने भनिएको खोप शनिबार मात्र चुमनुव्रीका विभिन्न खोप केन्द्रमा पुर्‍याइएको स्वास्थ्य कार्यालय गोरखाका खोप शाखाका प्रमुख ऋषिराम खत्रीले जानकारी दिए ।

जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत् खोप ढुवानी गरिएको उनले बताए । ‘सडक मार्गबाट खोप लैजान सक्ने अवस्था नरहेकाले हेलिकप्टरमार्फत् खोप पुर्‍याएको हो,’ शाखा प्रमुख खत्रीले भने, ‘शुक्रबार नै लैजाने भनिए पनि मौसम खराबीका कारण आज मात्र खोप ढुवानी गरिएको छ ।’

भेरोसेल खोपको तीन हजार डोज माउन्टेन चाइल्ड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा हेलिकप्टर चार्टर गरेर चुमनुव्री पुर्‍याइएको प्रमुख खत्रीले बताए । चुमनुव्री पुर्‍याइएको खोप गाउँपालिकाभित्रका १८ वर्षदेखि माथि उमेर समूहका सबैलाई लगाइने उनको भनाइ छ ।

उक्त क्षेत्रमा तीन हजार ७०८ नागरिक बस्दै आएका छन । केहीले यसअघि नै खोप लगाइसकेका र केही राजधानीमा बसोबास गर्दै आएका कारण तीन हजार डोज भए पुग्ने अनुमान गरिएको प्रमुख खत्रीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ४१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई