१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

एमाले नेतृ रामकुमारी झाँक्रीले मागिन् प्रधानमन्त्री देउवाको पक्षमा मत



काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तब्य भएको बताएकी छिन् । आफ्नो ट्वीट एकाउण्टमा ट्वीट गर्दै नेतृ झाँक्रीले अदालतको परमादेशको आदेश पछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कर्तब्य भएको बताएकी हुन् ।

झाँक्रीले आफुहरुले ७६(५) को प्रधानमन्त्रीका लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन दिएको स्मरण गर्दै सकिन्छ एमाले संस्थागत निर्णय गरेर, त्यो संकिँदन २३ जना सांसदले देउवाको पक्षमा मत दिने पर्ने बताएकी छिन् । ‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ।’ उनले लेखेकी छिन्, -‘१४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।’

उनले संसदको पुरा कार्यकाल संचालन गर्न सबैले विवेक प्रयोग गरी सरकारको पक्षमा भोट हाल्न सांसदहरूलाई आग्रह समेत गरेकी छिन् । अरु कसैले नहालेपनि २३ एमाले सांसदको मत देउवाको पक्षमा जाने झाँक्रीले दाबी गरेकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ५८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू