१ पुस २०८२, मंगलबार | December 16, 2025

एमाले नेतृ रामकुमारी झाँक्रीले मागिन् प्रधानमन्त्री देउवाको पक्षमा मत



काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तब्य भएको बताएकी छिन् । आफ्नो ट्वीट एकाउण्टमा ट्वीट गर्दै नेतृ झाँक्रीले अदालतको परमादेशको आदेश पछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कर्तब्य भएको बताएकी हुन् ।

झाँक्रीले आफुहरुले ७६(५) को प्रधानमन्त्रीका लागि संघीय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन दिएको स्मरण गर्दै सकिन्छ एमाले संस्थागत निर्णय गरेर, त्यो संकिँदन २३ जना सांसदले देउवाको पक्षमा मत दिने पर्ने बताएकी छिन् । ‘हामीले ७६(५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य माननीय शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ।’ उनले लेखेकी छिन्, -‘१४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ।’

उनले संसदको पुरा कार्यकाल संचालन गर्न सबैले विवेक प्रयोग गरी सरकारको पक्षमा भोट हाल्न सांसदहरूलाई आग्रह समेत गरेकी छिन् । अरु कसैले नहालेपनि २३ एमाले सांसदको मत देउवाको पक्षमा जाने झाँक्रीले दाबी गरेकी छिन् ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १ : ५८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज